अमेरिकाद्वारा भेनेजुएला र क्युबामाथि नयाँ नाकाबन्दीको घोषणा « Khabarhub

अमेरिकाद्वारा भेनेजुएला र क्युबामाथि नयाँ नाकाबन्दीको घोषणा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन– अमेरिकाले भेनेजुएला र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई समर्थन गर्दै आएको मुलुक क्युबामाथि नयाँ नाकाबन्दीको घोषणा गरेको छ ।

क्युबाबाट भागेर अमेरिका आइपुगेका मानिसहरुको समूहलाई फ्लोरिडा राज्यमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले क्युबा र भेनेजुएलाको सरकारविरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् ।

भेनेजुएलाविद्धको नाकाबन्दीमा त्यहाँको केन्द्रिय बैंकलाई पनि लक्षित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसअनुसार भेनेजुएलाको केन्द्रिय बैंकले कुनै पनि अन्तर्राष्ट्रिय संस्थानबाट अमेरिकी डलर प्राप्त गर्न पाउने छैन ।

राष्ट्रपति निकोलस मादुरोलाई सत्तामा टिकाउनका लागि त्यहाँको केन्द्रिय बैंकको भूमिका महत्वपूर्ण रहेको भन्दै पछिल्लो नाकाबन्दी त्यहाँको केन्द्रिय बैंकतर्फ लक्षित रहेको राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनको भनाइ छ ।

क्युबामाथि लगाइएको अमेरिकी नाकाबन्दी भने त्यहाँको सैनिक तथा जासुसी निकायप्रति लक्षित रहेको बताइएको छ । पछिल्लो नाकाबन्दीमा क्युबाको सेनाले सञ्चालन गर्दै आएको हवाई सेवा पनि रहेको बताइएको छ ।

त्यसबाहेक अमेरिकाले क्युबामा अमेरिकी नागरिकका लागि भ्रमण प्रतिबन्धको पनि नयाँ घोषणा गरेको छ । क्युबाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई जोगाउने कोशिस गरिरहेको भन्दै क्युबामाथि पनि नाकाबन्दीको नयाँ घोषणा गरेको जनाएका हुन् ।

त्यस्तै पछिल्लो अमेरिकी नाकाबन्दीमा अर्को ल्याटिन अमेरिकी मुलुक निकारागुआ पनि परेको छ । अमेरिकाले निकारागुवामा पनि नयाँ नाकाबन्दीको घोषणा गरेको हो ।

यता भेनेजुएलाका राष्ट्रपति मादुरोले भने अमेरिकी नाकाबन्दी अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा रहेको भन्दै त्यसको चर्को विरोध गरेका छन् । त्यस्तै, क्युबाका राष्ट्रपति म्यानुअल डियाज कनालले पनि आफ्नो मुलुकविरुद्ध अमेरिकाले लगाएको नाकाबन्दीको निन्दा गर्र्दै भेनेजुएलाका राष्ट्रपति मादुरोलाई क्युबाले गर्दै आएको सहयोग र समर्थनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।

पछिल्लो समय क्युबाले भेनेजुएलाका समाजवादी राष्ट्रपति मादुरोलाई समर्थन र सहयोग गर्नका लागि सैनिक सहयोग तथा गुप्तचरी जानकारी दिँदै आएको बताइन्छ ।

गत जनवरीमा भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले अमेरिकी समर्थनमा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट चुलिँदै गएको छ भने यस विषयमा अन्तर्राष्ट्रिय समुदाय पनि निकोलस मादुरो र गुआइदोको पक्षमा उभिएका छन् ।

मेरिकासहित अन्य पश्चिमा मुलुकले गुआइदोलाई भेनेजुएलाका राष्ट्रपतिको मान्यता दिएका छन् भने रुस, चीन सहितका अन्य मुलुकले मादुरोलाई नै त्यहाँको वैधानिक राष्ट्रपति मान्दै आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ८ : १७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले