सामाजिक संस्था पनि अतिक्रमित जग्गामा! « Khabarhub

सामाजिक संस्था पनि अतिक्रमित जग्गामा!


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक संस्थाको नामबाट बानेश्वरको ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । बानेश्वरस्थित भद्राकुमारी घले सेवा सदनको नामबाट झन्डै ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत फाइदाका लागि उपयोग गरेको पाइएको हो । सो संस्थाको भवन संस्थाको नाममा रहेको जग्गामा नभई खोलाको बगरमा बनाइएको राजधानी दैनिकमा खबर छ ।

काठमाडौं महानगरपालिका–१० स्थित देवीनगरमा रहेको बानेश्वरको सिट नम्बर ११४६–०२ को कित्ता नम्बर १२, २२३, २२६, १३ र २२५ अन्तर्गतका करिब ११ रोपनी सार्वजनिक जग्गामा भद्रा घले सेवा सदनको नाममा जग्गा लिइएको स्थानमा विभिन्न टहरा, स्कुल सहकारी संस्था, पसल सञ्चालन भएकाले सो कार्य गैरकानुनी भएको पाइएको हो ।

सेवा सदनको नाममा बोर्ड राखी सो जग्गामा व्यक्तिगत बोर्डिङ र त्रिपक्षीय सहकारी संस्था, व्यक्तिगत गेस्ट हाउस तथा सटर पसल निर्माण गरी भाडामा लगाइएको पाइएकाले तत्काल हटाउन राष्ट्रिय सर्तकता केन्द्रको अध्ययन प्रतिवेदनले सरकारसमक्ष सिफारिस गरेको हो ।

सर्तकता केन्द्रले नापी अधिकृत गोविन्दप्रसाद कुइँकेल र शाखा अधिकृत कविता पन्थी रहेको दुई सदस्यीय छानबिन समिति गठन गरेर सो जग्गा अतिक्रमणबारे छानबिन गराएको थियो ।

प्रदूषणरहित सहर संघीय राजधानी शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । संघीय राजधानी उपत्यकालाई प्रदूषणरहित सहरका रूपमा विकास गर्न सरकारले विशेष कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको योजनालाई मूर्त रूप दिन सरोकारवाला निकायले विशेष अभियान सञ्चालन गरेका छन् । काठमाडौंलाई कस्तो बनाउने भनेर लामो समयदेखि विभिन्न तहमा बहस हुँदै आइरहेको छ ।

‘फुटपाथका र पोके व्यापारीलाई मुख्य सडकपेटी र आकाशेपुलबाट तत्काल हटाउनुपर्छ,’ सांसद गगन थापाले भने, ‘अहिले भएको के छ भने सडक किनार, पुल–पुलेसा, मन्दिर, पेटी, गुम्बा, मैदान जहाँ पायो, त्यहीँ एउटा च्यादर ओछ्यायो, पसल थाप्यो ।’ काठमाडौं सहरलाई कुरूप बनाउन यस्तै गतिविधि हुने गरेको उनको निष्कर्ष छ । सभ्य र विकसित देशमा यस्तो अनुशासनहीन काम कसैले गरिरहेका हुँदैनन् । यिनै कारण पनि विदेशीको अगाडि हामी लज्जित हुनुपरेको सांसदहरूको बुझाइ छ । आकाशे पुल पैदलयात्रीका लागि बनाइएको हो कि व्यापारीलाई पसल फिँजाउनका लागि बनाइएको हो ? उनले पश्न गरे ।

त्यस्तै पत्रिकाले नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय उत्सुक शीर्षकमा समाचार छापेको छ । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ सालमा गएको भूकम्पपछिको बाँकी पुननिर्माणको काममा अन्तर्राष्ट्रिय समुदाय लगानी गर्न उत्सुक देखिएका छन् । भूकम्पपछिको पुननिर्माणको बाँकी काम सम्पन्न गर्न अन्तर्राष्ट्रिय समुदायले थप लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय समुदायसँगको छलफलमा उनीहरूले थप लगानी गर्न प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंकका कार्यकारी निर्देशक, संयुक्त राष्ट्र संघअन्तर्गतको यूनडीपीका विपद् विभाग निर्देशकलगायतसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : १८ बजे

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर