समुदाय मिलेर बन्यो प्रहरी भवन | Khabarhub Khabarhub

समुदाय मिलेर बन्यो प्रहरी भवन


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- समुदाय र प्रहरी मिलेर सप्तरीको सप्तकोशी नगरपालिकामा नयाँ प्रहरी चौकी निर्माण गरिएको छ । प्राप्त नगद तथा स्थानीय समुदायको श्रमदान गरी ३८ लाख ६० हजार ३२४ को लागतमा सो चौकी निर्माण गरिएको हो ।

प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित सुविधासहितको नवनिर्मित सो चौकी उद्घाटन गरे ।

आफ्नो भवन नहुँदा अति पुरानो भवनमा बसेर काम गर्नुपर्दा प्रहरी नै असुरक्षित भएपछि २०७० सालदेखि स्थानीयवासी र प्रहरी मिलेर भवन निर्माण गर्न थालेका थिए ।नयाँ भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रु १३ लाख ४४ हजार उपलब्ध गराएको भवन निर्माण समितिका संयोजक अशोककुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार भवन निर्माणका लागि सप्तकोशी नगरपालिकाले १३ लाख सहयोग गरेको र स्थानीयवासीले पाँच लाख ६० हजार ४६५ चन्दा सङ्कलन गरेका थिए ।

दुई कट्ठा १६ धुरमा फैलिएको दुईतल्ले भवनमा कार्यालयका प्रमुख कक्ष, प्रशासनिक कक्ष, महिला तथा पुरुषका छुट्टाछुट्टै हिरासत कक्ष, प्रहरी कर्मचारीको ब्यारेक र भान्छा घरसहित १० वटा कोठा छन् ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ८ : ३१ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार