साप्ताहिक ब्रिफिङ : रविलाई सबै अदालतबाट राहत, प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत, दीपक भट्ट र सुलभ अग्रवाल दुवै अदालतले पठाए जेल, अमेरिका-इरान सम्झौता भाँड्न खोज्दै इजरायल र विश्वकपमा क्यानडाको ऐतिहासिक जित « Khabarhub

साप्ताहिक ब्रिफिङ : रविलाई सबै अदालतबाट राहत, प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत, दीपक भट्ट र सुलभ अग्रवाल दुवै अदालतले पठाए जेल, अमेरिका-इरान सम्झौता भाँड्न खोज्दै इजरायल र विश्वकपमा क्यानडाको ऐतिहासिक जित


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए ।

प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता थियो ।

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

विदेशी नागरिकलाई दलालबाट जोगिन सकारको आग्रह, भन्यो : भिसा सेवा सरकारी निकायबाट मात्रै लिनू 

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सबै अदालतबाट राहत मिलेको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपाको पहिलो महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिन लागेका बेला सबै अदालतबाट सम्पत्ति शुद्धिकरण र संगठित अपराधको आरोपबाट लामिछानेले उन्मुक्ति पाएका हुन्।

काठमाडौं जिल्ला अदालतले संगठित अपराधको अभियोग फिर्ता लिन आदेश दिएसँगै उनी सबै अदालतबाट करिब करिब तनावमुक्त भएका हुन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको करोडौँ बचत रकम हिनामिना गरेको प्रकरणमा रविविरुद्ध संगठित अपराधसमेतको कसूरमा मुद्दा परेको थियो ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो।

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?

बजेट विवादले सुदूरपश्चिममा संकट : कांग्रेस नेतृत्वको सरकार ढाल्ने तयारीमा सत्तारूढ एमाले र प्रतिपक्षी नेकपा

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ र ०८४ का लागि ल्याएको बजेटले राजनीतिक संकट निम्त्याएकव छ।

मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारले ल्याएको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गम्भीर विवाद भएको छ।

सरकारमा सहभागी नेकपा (एमाले) ले बजेट संशोधनका लागि कार्यदल नै बनाएको छ। उता प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यो बजेट नै खारेज गर्नुपर्ने माग राखेको छ। उसले यसबाट काम नचल्ने भन्दै नयाँ बजेट ल्याउनुपर्ने माग राखेको छ।

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

आफ्नै नेताले पार्टीका एजेन्डा तुहाए : अध्यक्ष लिङ्देन

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

महानिर्देशक अर्यालसहित चार जनाविरुद्ध दोस्रो पटक पाँच दिन म्याद थप

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो
नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान–२०८२’ का नाममा विस्तृत अपिल सार्वजनिक गरिएको छ । ‘श्रद्धेय कमरेड’ सम्बोधन गरिएको उक्त अपिलमा नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै गम्भीर संकटमा पुगेको उल्लेख गर्दै पार्टीले जनआकर्षण गुमाउँदै गएको र संसदीय राजनीतिमा कमजोर बन्दै गएको दाबी गरिएको छ ।

पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीले देखाएको राजनीतिक आदर्शलाई स्मरण गर्दै वर्तमान नेतृत्वप्रति सम्मान व्यक्त गरिए पनि पार्टीभित्र आन्तरिक जनवाद कमजोर बन्दै गएको, संस्थागत निर्णय प्रक्रियामाथि आघात पुगेको तथा नयाँ पुस्ता एमालेबाट टाढिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

अपिलमा २०८२ को निर्वाचन परिणामले पार्टीको जनाधार खुम्चिएको देखाएको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी नेतृत्वले नलिएको आरोप लगाइएको छ ।

वैचारिक बहस संकुचित भएको, संगठनात्मक ऊर्जा कमजोर बनेको र युवा पुस्तामा विदेश पलायन तथा राजनीतिक निराशा बढेको भन्दै त्यसलाई केवल विरोधीको प्रचारका रूपमा लिन नहुने धारणा व्यक्त गरिएको छ । आसन्न स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै वर्तमान कार्यशैली, संगठनात्मक गतिहीनता र युवापुस्ताको असन्तुष्टिलाई सम्बोधन नगरी चुनावमा गए पार्टीले अपूरणीय क्षति बेहोर्नुपर्ने चेतावनी पनि अपिलमा दिइएको छ।

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

कांग्रेस सांसद केरुङको प्रश्न: ‘अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको कुरा के हो ?’

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

अमेरिका-इरान सम्झौता भाँड्ने प्रयासमा इजरायली प्रधानमन्त्री नेतन्याहू

इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहू अमेरिका र इरानबीच भएको अन्तिम सम्झौता भाँड्ने प्रयासमा लागेको समाचार आएका छन् ।

उनी शनिबार भएको उक्त १४ बुँदे सम्झौतालाई कुनै हालतमा प्रभावित पारेर भाँड्ने प्रयास गरिरहेका इजरायली सञ्चारमाध्यमले नै लेखेका छन् ।

टाइम्स अफ इजरायलका अनुसार उनी दक्षिणपन्थी चरित्रका सञ्चारकर्मीहरू र इजरायल समर्थक अमेरिकी सांसदहरूमार्फत् राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब बढाउन खोजिरहेका छन्।

इरानसँगको सम्झौतामा अमेरिकाले इजरायललाई कहीँ कतै ठाउँ दिएको छैन । दुई देशबीचको सम्झौतामा आफ्नो भूमिका नदेखेपछि उनले उक्त हस्ताक्षरलाई विफल बनाउने अभियान चलाएका हुन्।

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीलाई तीनवर्ष जेल सजाय

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल

अमेरिकी उपराष्ट्रपति भान्सको स्विस भ्रमण स्थगित

रुस-आसियान साझेदारी थप मजबुत

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

अमेरिका-इरान सम्झौता : लेबनानमा सैन्य कारबाही अन्त्य गर्ने सहमति
अमेरिका र इरानबीच भएको नयाँ सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने व्यवस्था समावेश गरिएको छ।

सम्झौताको पहिलो बुँदामै अमेरिका र उसका सहयोगीहरूले सबै युद्ध मोर्चामा सैन्य गतिविधि अन्त्य भएको घोषणा गर्ने उल्लेख गरिएको छ। लेबननमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच लामो समयदेखि जारी तनाव तथा युद्धविराम उल्लङ्घनका आरोप–प्रत्यारोपका कारण यो विषय विवादको केन्द्रमा रहँदै आएको थियो।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इजरायलले लेबनानमाथि आक्रमण जारी राखे सम्झौताको उल्लङ्घन मानिने बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले लेबनानमा इजरायली सेनाको निरन्तर उपस्थिति पनि युद्ध अन्त्यसम्बन्धी सम्झौताविपरीत हुने बताएका छन्।

यसैबीच, इजरायली सेनाले बुधबार दक्षिणी लेबननमा नयाँ हवाई आक्रमण गरेको थियो। इजरायली सेनाले बिहीबार दक्षिणी लेबननमा भएको एक घटनामा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ।

फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा शान्ति स्थापना अझै काम गर्नुपर्ने विषय भएको बताए। उनले इरानसँग भएको सम्झौतालाई भने ‘मुख्य उपलब्धि’ का रूपमा वर्णन गरे।

अहिलेसम्म इजरायली सरकारले अमेरिका–इरान सम्झौतामा सार्वजनिक प्रतिक्रिया जनाएको छैन।

‘युद्ध सुरु भएयता मस्कोमाथि युक्रेनको सबैभन्दा शक्तिशाली हमला’

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका खेलमा जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि आमनेसामने हुँदैछन्।

यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे टोरन्टोस्थित बिएमओ फिल्डमा हुनेछ। जर्मनी युरोप र आइभरी कोस्ट अफ्रिकाका बलिया टोली हुन् । दुवै टोलीले आफ्नो विश्वकप अभियान जितबाट सुरु गरेका छन्।

जर्मनीले पहिलो खेलमा कुराकाओलाई ७–१ ले पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा प्रभावशाली प्रदर्शन गरेको थियो।

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

मेक्सिको विश्वकपको नकआउटमा

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता
फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू सकिएका छन् । यस चरणमा १५ टोलीले जित दर्ता गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भएका छन् भने १५ टोलीले हारको सामना गर्दै सुरुवाती दबाब झेलेका छन् । त्यस्तै, बाँकी १८ टोलीले भने बराबरी खेल्दै समान १–१ अंक बाँडेका छन् ।

समूहगत नतिजा हेर्दा समूह ‘ए’ मा मेक्सिको र साउथ कोरियाले विजयी सुरुवात गरेका छन् भने चेक रिपब्लिक र साउथ अफ्रिका पराजित भएका छन् । आयोजकमध्येको एक अमेरिका र अस्ट्रेलियाले समूह ‘डी’ मा जित निकाल्दा टर्की र पराग्वेले हार बेहोरेका छन् । समूह ‘ई’ मा जर्मनी र आइभोरी कोष्ट विजयी बन्दा इक्वेडर र कुरासाओ अंकविहीन छन् ।

त्यस्तै, समूह ‘आई’ मा नर्वे र फ्रान्सले सुखद सुरुआत गर्दा सेनेगल र इराक स्तब्ध बन्न पुगेका छन् । समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना र अस्ट्रियाले जित निकाल्दा अल्जेरिया र जोर्डन हार भोग्न बाध्य भए भने समूह ‘एल’ मा इंल्याण्ड र घानाले विजयी सुरुवात गर्दा पानामा र क्रएसिया अंकविहीन बनेका छन् ।

केही समूहहरूमा भने निकै प्रतिस्पर्धात्मक र सन्तुलित खेलहरू देखिएका छन् । समूह ‘बी’ का स्वीट्जरल्याण्ड, क्यानडा, कतार र बोस्निया एण्ड हर्जगोभिना, समूह ‘जी’ का न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्ट तथा समूह ‘एच’ का स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भर्डेका सबै खेलहरू बराबरीमा सकिएका छन्, जसका कारण यी समूहका सबै टोलीले समान १–१ अंक बाँडेका छन्।

खेल ओझेलमा, उमेर चर्चामा

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ८ : ०६ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही