अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी « Khabarhub

अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी


४ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी-अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी छ । अष्ट्रेलियाको संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका १ सय ५१ तथा माथिल्लो सदन सिनेटको ७६ सिट मध्ये ४० सिटका लागि जारी मतदानमा बिहानैबाट मानिसहरुको उल्लेख्यीय सहभागिता रहेको जनाइएको छ ।

मतदानका लागि १ करोड ६४ लाख मतदाता योग्य छन्। तैपनि ४७ लाख मतदाताले चुनावको मिति अगावै मत दिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अष्ट्रेलियामा अनिवार्य मतदानको व्यवस्था रहेकाले अधिकांश मतदाताले मत दिने आँकलन छ । यो चुनावको मुख्य मुद्दा जलवायु परिवर्तन रहेको जनाइएको छ । खासगरी अघिल्लो वर्ष मुलुकमा लागेको खडेरी र त्यसलगत्तैको बाढी पहिरोका कारण अष्ट्रेलियन मतदाता जलवायु परिवर्तनप्रति बढि नै चिन्तित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसबाहेक मुलुकको अर्थतन्त्र, बढ्दो महंगी तथा आप्रवासनका विषयमा पनि यो चुनावका क्रममा बहस चलेको बताइएको छ ।

अष्ट्रेलियामा हरेक तीन वर्षमा चुनाव हुने गरेको छ । पछिल्लो एक दशकयता राजनीतिक अस्थीरताबाट गुज्रिरहेको अष्ट्रेलियामा तत्कालिन प्रधानमन्त्री माल्कोम टर्नबुलले नौ महिनाअघि राजीनामा दिएपछि प्रधानमन्त्री बनेका स्कट मोरिसन र उनको मध्य दक्षिणपन्थी पार्टीलाई यो चुनाव जित्न ठूलो चुनौति रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो चुनावअघि भएका सर्वेक्षणबाट विपक्षी लेबर पार्टीले उल्लेख्य सिट जित्ने नतिजा सार्वजनिक हुँदै आएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  १० : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया