अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी « Khabarhub

अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी-अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी छ । अष्ट्रेलियाको संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका १ सय ५१ तथा माथिल्लो सदन सिनेटको ७६ सिट मध्ये ४० सिटका लागि जारी मतदानमा बिहानैबाट मानिसहरुको उल्लेख्यीय सहभागिता रहेको जनाइएको छ ।

मतदानका लागि १ करोड ६४ लाख मतदाता योग्य छन्। तैपनि ४७ लाख मतदाताले चुनावको मिति अगावै मत दिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अष्ट्रेलियामा अनिवार्य मतदानको व्यवस्था रहेकाले अधिकांश मतदाताले मत दिने आँकलन छ । यो चुनावको मुख्य मुद्दा जलवायु परिवर्तन रहेको जनाइएको छ । खासगरी अघिल्लो वर्ष मुलुकमा लागेको खडेरी र त्यसलगत्तैको बाढी पहिरोका कारण अष्ट्रेलियन मतदाता जलवायु परिवर्तनप्रति बढि नै चिन्तित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसबाहेक मुलुकको अर्थतन्त्र, बढ्दो महंगी तथा आप्रवासनका विषयमा पनि यो चुनावका क्रममा बहस चलेको बताइएको छ ।

अष्ट्रेलियामा हरेक तीन वर्षमा चुनाव हुने गरेको छ । पछिल्लो एक दशकयता राजनीतिक अस्थीरताबाट गुज्रिरहेको अष्ट्रेलियामा तत्कालिन प्रधानमन्त्री माल्कोम टर्नबुलले नौ महिनाअघि राजीनामा दिएपछि प्रधानमन्त्री बनेका स्कट मोरिसन र उनको मध्य दक्षिणपन्थी पार्टीलाई यो चुनाव जित्न ठूलो चुनौति रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो चुनावअघि भएका सर्वेक्षणबाट विपक्षी लेबर पार्टीले उल्लेख्य सिट जित्ने नतिजा सार्वजनिक हुँदै आएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  १० : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै