गेरुवस्त्र लगाएर केदारनाथ मन्दिरमा ध्यानमा बसे भारतीय प्रधानमन्त्री मोदी « Khabarhub

गेरुवस्त्र लगाएर केदारनाथ मन्दिरमा ध्यानमा बसे भारतीय प्रधानमन्त्री मोदी


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीर्थाटनका लागि उत्तराखण्ड राज्यको केदारनाथ पुगेका छन् । दुई दिने उत्तराखण्ड यात्राका क्रममा प्रधानमन्त्री मोदी केदारनाथ पुगेका हुन् ।

तीर्थाटनका क्रममा गेरुवस्त्र धारण गरेर केदारनाथको मन्दिर परिसरमा रहेको पवित्र गुफामा उनले ध्यान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री मोदी केदारनाथ भ्रमणका लागि पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनले केदारनाथ मन्दिरको विकासबारे जानकारी लिएको र यसलाई थप व्यवस्थित बनाउन आवश्यक निर्देशन समेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो प्रधानमन्त्री कार्यकालमा उनले यसअघि धेरैपटक केदारनाथको भ्रमण गरिसकेका छन् । यससँगै उनले आइतबार बद्रिनाथको भ्रमण गर्ने कार्यक्रम छ ।

भारतमा जारी आम निर्वाचनअन्तर्गत सातौं चरणको मतदान हुनुअघि एक दिनअघि मोदी तीर्थाटनका लागि निस्केका हुन् ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ५ : ११ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर