सरकारको आलोचना गर्ने बेला भइसकेको छैन– नेता नेपाल « Khabarhub

सरकारको आलोचना गर्ने बेला भइसकेको छैन– नेता नेपाल


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको आलोचना गर्ने बेला भइनसकेको बताएका छन् । पहिलो वर्ष आधार वर्ष भएका कारण आलोचना हतार हुने उनको भनाइ थियो ।

नेता नेपालले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको प्रचार हुन नपाएको तर्क गरे ।

संविधानसभाका पूर्वसभासाद् अनारकली मियाँको ‘संसद्मा पहिलो पाइला’ पुस्तकको विमोचन गर्दै नेता नेपालले नागरिकले परिवर्तनको अनुभूति गर्ने ढङ्गले सरकारले काम कारवाहीलाई अघि बढाउनुपर्ने बताए । “सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित भएको छ”, उनले भने “अब बजेटमार्फत जनमुखी र लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ ।”

नेता नेपालले चुनावमा गरेका प्रतिबद्धता बजेटमार्फत सम्बोधन गर्न नसकिए सरकारप्रतिको विश्वास घट्दै जाने बताए । नेता नेपालले पार्टी एकताले पूर्णता पाइसकेको भन्दै अब केही दिनमै पोलिटब्यूरो गठन हुने दाबी गरे ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ८ : ३० बजे

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ

जेनेभा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा