‘कलंक’ मा चिप्लिएपछि वरुण धवनले भने – यो फिल्म चल्नलायक नै थिएन « Khabarhub

‘कलंक’ मा चिप्लिएपछि वरुण धवनले भने – यो फिल्म चल्नलायक नै थिएन


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लगातार ११ हिट फिल्म दिएपछि बलिउड अभिनेता वरुण धवनको फिल्म ‘कलंक’ बक्स अफिसमा नराम्रोसँग चिप्लियो । उनको अघिल्लो फिल्म ‘सुई धागा’ लाई समीक्षकले खासै रुचाएनन् तर बक्स अफिसमा राम्रै व्यापार ग–यो । ‘कलंक’ फ्लप हुँदा यसले आफूलाई निकै नराम्रोसँग प्रभाव पारेको वरुण बताउँछन् ।

अभिषेक वर्मनको निर्देशन र करण जोहरको निर्माण रहेको यो फिल्मलाई समीक्षकले पनि रुचाएनन् । दर्शकले पनि फिल्मको राम्रो रिभ्यु गरेनन् । वरुणले भने यो फिल्मको असफलताले आफूलाई धेरै कुरा सिकाएको बताउँछन् ।

एक समाचार एजेन्सीसँग कुरा गर्दै वरुण धवनले यो फिल्मले आफूलाई प्रभावित पारेको बताएका छन् । ‘फिल्मलाई जनताले खासै रुचाएनन्, यो फिल्म चल्नेलायक पनि थिएन, यदि फिल्म दर्शकलाई मन पर्छ भने त्यो फिल्म चल्नुपर्छ,’ धावनले भने ।

वरुणले ‘कलंक’ दर्शकलाई मन नपर्नु भनेको आफ्ना लागि पनि सिकाइ भएको बताए । ‘मैले यो फिल्मबाट सिकेँ कि, कैयनपटक केही चीजले राम्रोसँग काम गर्दैनन्, जसका कारण नतिजा राम्रो आउँदैन,’ उनले भने ।

आफूले यो फिल्मबाट धेरै कुरा सिकेको र अब नयाँ प्रोजेक्टमा फोकस भएको उनले बताए । वरुणका हातमा ‘स्ट्रीट डान्सर’ ‘कुल्ली नम्बर १’ लगायतका फिल्म छन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : ५० बजे

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक

आमाले न्याय खोज्दा खोसिएको बाल अधिकार !

काठमाडौं– असारे झरीमा सोमबार सिंहदरबारको मुख्य गेटअगाडि निहारिका राजपूत न्यायको

संसद्‍बाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि,

विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एमाले)ले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री