भूकम्पका कारण चीनमा ११ जनाको मृत्यु « Khabarhub

भूकम्पका कारण चीनमा ११ जनाको मृत्यु


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार राति र मंगलबार गएको २ ओटा शक्तिशाली भूकम्पका कारण दक्षिण पश्चिम चीनमा ११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण अहिलेसम्म १ सय २२ जना घाइते भएका जनाइएको छ ।

सिन्ह्वा समाचार संस्थाका अनुसार ६ रेक्टर स्केलको पहिलो भूकम्प स्थानीय समानुसार सोमबार राति १०ः५५ मा गएको थियो । उक्त भूकम्प सिचुवान प्रदेशको यिबिन शहरको २० किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको उल्लेख गरिएको छ ।

यस्तै, मंगलबार विहान फेरि ५.२ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । मंगलबार विहानको भूकम्प पनि यिबिन शहरको १६ किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भूकम्पका कारण करिब ४ हजार मानिस प्रभावित भएका जनाइएको छ । भूकम्पको झट्काले दर्जनौं संरचनाहरुमा क्षति पुगेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १० : ४४ बजे

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास