समता अस्पतालमा महिला कर्मचारी मृत फेला, आफन्तद्वारा अस्पतालमा तोडफोड « Khabarhub

समता अस्पतालमा महिला कर्मचारी मृत फेला, आफन्तद्वारा अस्पतालमा तोडफोड


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्धमा रहेको समता अस्पतालमा अस्पतालकी कर्मचारी झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

समता अस्पतालमा सरसफाइको काम गर्ने २७ वर्षीया बिमला तामाङ अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

सोमबार बेलुका अस्पतालबाट घर नफर्किएपछि उनको खोजी गर्ने क्रममा मंगलबार बिहान अस्पतालकै शौचालयमा शव भेटिएको हो । अस्पतालमा झुन्डिएको अवस्थामा शव फेला परेपछि आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड समेत गरेको डिएसपी चन्दले बताए ।

उनले भने, ‘उहाँहरुले हिजो बेलुका घर नफर्किएपछि खोजी गर्नुभएको रहेछ, अस्पतालमा आज बिहान शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेपछि, मृतकका आफन्तले अस्पतालमा केही तोडफोड गरेका छन् ।’

अस्पतालको गमला, झ्यालका सिसाहरु मृतकका आफन्तले फुटाएका छन् । बौद्ध प्रहरीको रोहवरमा अस्पताल प्रशासन र मृतकका आफन्तलबीच छलफल भइरहेको डिएस्पी चन्दले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ११ : २२ बजे

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब