समता अस्पतालमा महिला कर्मचारी मृत फेला, आफन्तद्वारा अस्पतालमा तोडफोड « Khabarhub

समता अस्पतालमा महिला कर्मचारी मृत फेला, आफन्तद्वारा अस्पतालमा तोडफोड


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्धमा रहेको समता अस्पतालमा अस्पतालकी कर्मचारी झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

समता अस्पतालमा सरसफाइको काम गर्ने २७ वर्षीया बिमला तामाङ अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

सोमबार बेलुका अस्पतालबाट घर नफर्किएपछि उनको खोजी गर्ने क्रममा मंगलबार बिहान अस्पतालकै शौचालयमा शव भेटिएको हो । अस्पतालमा झुन्डिएको अवस्थामा शव फेला परेपछि आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड समेत गरेको डिएसपी चन्दले बताए ।

उनले भने, ‘उहाँहरुले हिजो बेलुका घर नफर्किएपछि खोजी गर्नुभएको रहेछ, अस्पतालमा आज बिहान शौचालयमा झुन्डिएको अवस्थामा शव फेला परेपछि, मृतकका आफन्तले अस्पतालमा केही तोडफोड गरेका छन् ।’

अस्पतालको गमला, झ्यालका सिसाहरु मृतकका आफन्तले फुटाएका छन् । बौद्ध प्रहरीको रोहवरमा अस्पताल प्रशासन र मृतकका आफन्तलबीच छलफल भइरहेको डिएस्पी चन्दले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ११ : २२ बजे

मदुरोमाथि ट्रम्पको दबाब

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं