प्रधानमन्त्रीको सम्बोधनमा कांग्रेसको अवरोध, संसद बैठक स्थगित « Khabarhub

प्रधानमन्त्रीको सम्बोधनमा कांग्रेसको अवरोध, संसद बैठक स्थगित


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बैठक स्थगित भएको हो ।

बैठक शुरु भएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । आफूहरुले बैठकको प्रारम्भमै बोल्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदले समय माग गरेका थिए ।

तर, सभामुख कृष्णबहादुर महराले प्रारम्भमै प्रधानमन्त्री ओलीलाई बोल्नका लागि समय दिए ।  सभामुखले बोल्नका लागि समय दिएपछि प्रधानमन्त्री ओली रोस्टमतर्फ गएका थिए । तर, कांग्रेस सांसदहरु विरोध गर्दै रोस्टम नै घेर्न पुगे ।

बैठक शुरु भएको करिब ९ मिनेटसम्म कांग्रेसको विरोध जारी रहेपछि सभामुख महराले बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार विहान ११ बजे बस्ने गरी सभामुख महराले मंगलबारको बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १२ : १२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन