अस्पतालमा गोली हानाहान हुँदा पूर्वी पाकिस्तानमा ५ जनाको मृत्यु | Khabarhub Khabarhub

अस्पतालमा गोली हानाहान हुँदा पूर्वी पाकिस्तानमा ५ जनाको मृत्यु


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको पञ्जाब प्रान्तमा एक अस्पतालभित्र २ समूहबीच भएको झडपमा ५ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको हो ।

सोमबार अबेर राति जिल्ला अस्पतालमा २ समूहबीच विवाद चलेको थियो । विवादले उग्र रुप लिँदा २ समूहका सदस्यबीच गोली हानाहान हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

गोली हानाहानमा घाइते भएका १ व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको स्थानीय प्रहरीले जनाएको छ ।

झडपमा ७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १ : १९ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न