संसदमा अमर्यादित व्यवहार भयो, कांग्रेसले बालहठ देखायो : प्रधानमन्त्री ओली « Khabarhub

संसदमा अमर्यादित व्यवहार भयो, कांग्रेसले बालहठ देखायो : प्रधानमन्त्री ओली


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सम्बोधन गर्न खोजेको बेला मंगलबार प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार भएको बताएका छन् ।

नेपाली कांग्रेसका कारण संसद बैठक अवरोध भएपछि पत्रकार सम्मेलन गरेको प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)बाट बालहठ प्रदर्शन भएको पनि बताए ।

‘अगाडिदेखि तय भएको, प्रधानमन्त्रीले बोल्ने भन्ने । तर, प्रधानमन्त्रीभन्दा अगाडि आफूले बोल्नु पाउनुपर्ने भनेर नेपाली कांग्रेसले अड्डी लियो,’ ओलीले भने, ‘अड्डि मात्रै लिएन, प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि रोस्टम घेरेर संसदको काम–कारबाहीमा अवरोध पनि गर्‍यो ।’

कुनै विषयमा मतभेद नभए पनि कांग्रेसले मंगलबारको बैठक अवरोध पारेको बताए ।

‘लोकतान्त्रिक अभ्यासअनुसार अरुले बोल्नुपर्दा पहिले प्रधानमन्त्री, त्यसपछि विपक्षी दलको नेताले र त्यसपछि बरियता क्रमानुसार अरुले बोल्ने चल विश्वव्यापी चलन हो,’ प्रधानमन्त्री ओलीले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले पहिले मैले बोल्न पाउनुपर्छ भन्दै अवरोध गर्न उत्रेको उल्लेख गर्दै ओलीले भने, ‘उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने ।’

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ५ : १६ बजे

बोरामा फ्याँकिएकी मायाको शव ११ दिनसम्म सडकमै रहिरह्यो, कात्तिक २६ मै भएको थियो हत्या

काठमाडौं- काठमाडौंको गोंगबुस्थित बसपार्कमा तन्ना र प्लास्टिकमा पोको पारेर फ्याँकिएको

पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र

पर्वत–  ‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा

एनपीएल २ : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको

सन्दीप लामिछानेले लिए जनकपुरको चौथो विकेट

काठमाडौं– विराटनगरका कप्तान सन्दीप लामिछानेले जनकपुरको चौथो विकेट लिएका छन्