प्रधानमन्त्रीले भनेः नेपाली भाषाबाट तपाईं भन्ने आदरार्थी शब्द नै हराइसक्यो « Khabarhub

प्रधानमन्त्रीले भनेः नेपाली भाषाबाट तपाईं भन्ने आदरार्थी शब्द नै हराइसक्यो


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल अमर्यादित बन्दै गएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्नु भएका प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जाल असभ्य र अमर्यादित बनेको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले भने ‘फेसबुकका सञ्चालकले फेसबुक पैदा गरेर गल्ती गरें कि क्या हो, त्यसै भनेका होइन रहेछन् ।’

सामाजिक सञ्जालमा सामाजिक मूल्य मान्यता, शिष्टता, सभ्यता र मर्यादा हराउँदै गएको आरोपसमेत लगाए । उनले मूलधारका सञ्चारमाध्यमले समेत सामाजिक सञ्जाललाई ‘गुरु थापेर’ त्यसैको पछाडि लागेको भन्दै टिप्पणी गरे ।

नेपाली सञ्चारमाध्यमले गर्ने शब्दचयनप्रति इङ्गित गर्दै उनले भने, ‘अब त नेपाली भाषाबाट तपाईं भन्ने आदरार्थी शब्द नै हराइसक्यो, बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाबुलाई पनि तिमी ।’

उनले सञ्चारमाध्यमबाट बोलिएका कुराले भावी पिढीलाई पनि असर गर्ने भन्दै यसलाई मध्यनजर गर्न आग्रह गरे । मानिसहरु परिवार र समाजमा बाच्नु पर्ने भएकाले मर्यादित समाजको स्थापनाका लागि लाग्नुपर्ने उनको भनाइ छ । उनले आफ्ना कुरा सत्यतथ्य र मर्यादित भएर राख्नसमेत आग्रह गरे ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ६ : १३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग