टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो « Khabarhub

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सूर्यविनायक नगरपालिका– ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नं को टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

साँगातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प १२६६ नम्बरको स्कुटर बायाँ साइडको चक्कामा ठोक्किँदा काभ्रेपलाञ्चोक पाँचखाल नपा– ९ घर भई हाल भक्तपुर सूर्यविनायक– ८ सिपाडोल बस्ने ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

ठक्करबाट घाइते स्कुटर चालक श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा अस्पतालमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले टिपर चालक रामेछाप सुनपाती नपा–३ घर भई हाल भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई महानगरीय प्रहरीवृत्त जगातीको हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ४५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन