टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो | Khabarhub Khabarhub

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सूर्यविनायक नगरपालिका– ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नं को टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

साँगातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प १२६६ नम्बरको स्कुटर बायाँ साइडको चक्कामा ठोक्किँदा काभ्रेपलाञ्चोक पाँचखाल नपा– ९ घर भई हाल भक्तपुर सूर्यविनायक– ८ सिपाडोल बस्ने ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

ठक्करबाट घाइते स्कुटर चालक श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा अस्पतालमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले टिपर चालक रामेछाप सुनपाती नपा–३ घर भई हाल भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई महानगरीय प्रहरीवृत्त जगातीको हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र