विप्लवका कार्यकर्ताले भने–सरकारभन्दा पार्टीबाट असुरक्षा « Khabarhub

विप्लवका कार्यकर्ताले भने–सरकारभन्दा पार्टीबाट असुरक्षा


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले वार्ता प्रक्रिया अघि बढाएको छ । नेताहरुले विप्लवसँगको वार्तालाई निर्णायक बनाउन सुझाव पनि दिएका छन् । यसअघि गठन गरिएको उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले नै विप्लवसँगको वार्ताको समन्वय र प्रयास गरिरहेका छन् ।

बाँके, पाल्पालगायतका जिल्लामा पुगेका उनले विप्लवका शीर्ष नेताहरुसँग छलफल गरेका छन् भने काभ्रेमा भएको छलफलबाट वार्ता प्रक्रियामा समस्याको समाधान खोजिने अनौपचारिक सहमति भएको छ ।

यता विप्लव समूहकै नेता तथा केही कार्यकर्ता भने पार्टीबाटै असुरक्षाको महशुस गर्न थालेका छन् । पार्टीबाट असुरक्षित भएको भन्दै उनीहरुले स्थानीय प्रशासन समक्ष आत्मसमर्पण गर्दै आफ्नो ज्यानको सुरक्षा गरिदिन निवेदन दिएका छन् ।

विप्लवका कार्यकर्ताले एक विज्ञप्ती जारी गर्दै विप्लव समूहबाट हुनसक्ने असुरक्षाबाट बचाई दिन अनुरोध गर्दै आफूहरुको जिउज्यानको सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसमर्पण गरेका छन् ।

गोरखा आरुघाट गाउँपालिका ७ स्थायी घर भएका सरोज न्यौपाने र सुर्खेत,वीरेन्द्रनगर नगरपालिका ४ का विष्णु भण्डारीले पार्टी परित्यागको घोषणा गर्दै आफ्नो रक्षाका लागि प्रशासनको सहयोग मागेका हुन् ।
सरकारले उच्च निगरानीका साथ खोजी थालेपछि सरकारबाट पनि र पार्टी भित्र पनि कठिन परिस्थिति भएको भन्दै पार्टी परित्यागको घोषणा गरेको बताएका छन् । यद्यपी पार्टी छाडेपछि अझै बढी सुरक्षा चुनौती हुने भन्दै यसलाई उचित सम्बोधन गरिदिन प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ७ : १२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको