‘सारेगमप लिटिल च्याम्प’मा चौथो बनेका आयुषले गाउने भए चलचित्रको गीत « Khabarhub

‘सारेगमप लिटिल च्याम्प’मा चौथो बनेका आयुषले गाउने भए चलचित्रको गीत


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतकै ठूलो गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हात पार्न सफल आयुष केसीले चलचित्रको गीत गाउने भएका छन् ।

उनले विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीतमा गाउने भएका हुन् ।

उनले गाएको गीतमा बाल कलाकार अनुभव रेग्मीको अभिनय रहनेछ । चलचित्रमा अनुभवसँगै आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल, सलोन बस्नेत, अखिलेष प्रधान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

हजार जुनीसम्म’मा समावेश ‘एमजी रोडैमा’ र ‘आज नगद भोली उधारो’बोलको गीत यसअघि नै सार्वजनिक भैसकेका छन् । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ ।

कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माता हुन् । चलचित्र आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ७ : ४२ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई