बुढीगङ्गाले किसानलाई पेन्सनको सुविधा दिने « Khabarhub

बुढीगङ्गाले किसानलाई पेन्सनको सुविधा दिने


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए ।

ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् । देशमै किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा पहिलो स्थानीय निकाय हो ।

तत्काल कार्यविधि बनाएर यसै आर्थिक वर्षबाट शुरुआत गर्नेगरी नगरसभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले बताए। किसानलाई शुरुमा रु ५०० देखि रु एक हजार सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको उपप्रमुख तारा खातीले बताए ।

५१ करोड बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाउँ निर्माणदेखि कृषि पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ । यो वर्षबाट निजी स्रोतका शिक्षक नराख्ने गरी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि ८० लाख बजेटसमेत विनियोजन गरिएको छ ।

यस्तै नगरपालिकाले नगरवासीलाई लक्षित गरी नगरबस सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका अरु नौ स्थानीय तहभन्दा यो निर्णय पनि बुढीगङ्गाले फरक गरेको हो । एक करोड बजेट विनियोजन गरेर बुढीगङ्गाले असोजसम्म नगरबस सञ्चालन गर्ने निर्णय गरेको हो । सबै वडामा बाटो पुगिसकेकाले सर्वसाधारणको आवश्यकतालाई मध्यजनर गरेर निर्णय गरिएको वडा नं ९ का अध्यक्ष भरतबहादुर थापाको भनाइ छ ।

नगरपालिकाले ‘तपाईंको मेहनत हाम्रो लगानी’ र स्वरोजगार अनुदान घुम्तीकोषका लागि बजेट विनियोजन गरेको छ भने नगरकै जेसिबी तथा डोजर र टिपरसमेत खरीद गर्ने निर्णय गरेको छ । नगरसभाले त्यसका लागि पनि रु एक करोड बजेट छुट्याएको छ । यसै वर्षमा वडा भवन निर्माण गर्ने, नगरपालिकाको सुविधासम्पन्न भवन निर्माणको काम अघि बढाउने र विकासका लागि बुढीगङ्गा विकास सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै दुई सय भन्दा बढी बिरुवा रोप्ने, पाँच रोपनीमा तरकारी खेती गर्ने, पाँचभन्दा बढी गाई-भैँसीपालन गर्ने लक्ष्य नगरले लिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ८ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को