बोनम्यारो क्यान्सरपीडितलाई सहयोग « Khabarhub

बोनम्यारो क्यान्सरपीडितलाई सहयोग


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बेँसीशहर नगरपालिका–९ स्थायी ठेगाना र हाल चण्डीडाँडा–७ की बोनम्यारो क्यान्सरपीडित १९ वर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएकोछ । ‘सुष्मा दीक्षित बचाऊ’ अभियानका लागि डेनमार्कमा रहेका ४५ नेपालीबाट सङ्कलन भएको एक लाख २७ हजार ५ सय ९७ बुधबार सुष्माकै घर पुगेर सुरेश घिमिरेका पिता खिमबहादुर घिमिरे एवं आमा विष्णुमाया घिमिरेले सुष्माकी आमा शान्ति दीक्षितलाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरण कार्यक्रममा रोट्र्याक क्लब अफ लमजुङका पूर्वअध्यक्ष रेशम घिमिरे, छिमेकीलगायतको सहभागिता थियो । सो स्थानमा घर भई हाल डेनमार्कमा कार्यरत सुरेश घिमिरे र उनकी श्रीमती सरिता खड्काको पहलबाट डेनमार्कमा बस्ने नेपालीसँग सहयोग सङ्कलन गरी पीडितलाई रकम पठाइएको हो । काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा उनी करीब सात महिनादेखि उपचार गरिरहेको पीडितकी आमा दीक्षितले बताइन ।

छोरीको उपचारका क्रममा यसअघि दुबई, अमेरिका, कतार, साउदीलगायतका अन्य देशमा रोजगारीका सिलसिलामा गएका नेपालीबाट छ लाख सहयोग प्राप्त भएको उनले बताए। हालसम्म नेपाल सरकारबाट एक लाख बराबरको औषधि निःशुल्क र बेँसीशहर नगरपालिकाबाट २० हजार प्राप्त गरेको परिवारले जनाएको छ । परिवारका अनुसार सहयोग प्राप्त रकम, जग्गा बेचेर, ऋण खोजेर र घरजग्गा बैंकमा धितो राखेर आएको रकम ३० लाख हालसम्म खर्च भइसकेको छ । पीडितकी आमा दीक्षितले भनिन, “छोरीलाई भारतमा लगी थप उपचार गर्नका लागि ६० लाखभन्दा बढी लाग्ने अस्पतालले बताएको छ ।”

यतिका रकम हामीसँग छैन, परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै उनले सहयोगी मन भएका सबैले सहयोग गरी छोरीलाई बचाउन आग्रह गरे। अस्पतालले केही महीनाअघि नै उपचारका लागि भारत लैजान सुझाव दिए पनि आर्थिक अवस्थाकै कारण रोकिएर बसिरहेको उनले बताए । दैनिक आठ पिन्ट सेतो र रातो गरी रगत दिइरहनुपर्छ, ज्वरो त्यस्तै आउँछ, दैनिक हजारौँ रकम खर्च हुने गरेको परिवारको भनाइ छ ।

बोनम्यारो क्यान्सरपीडित दीक्षितका बुबा विष्णु दीक्षित, आमा शान्ति, एक भाइ सुजल र बहिनी रेश्मा छन् । पीडितकी बुबा भने कामको सिलसिलामा साउदीमा हुन्।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ८ : १४ बजे

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक

स्वास्थ्यबीमा केवल उपचार मात्र होइन, सामाजिक विषय पनि हो : जनस्वास्थ्यविद् डा. वन्त

काठमाडौं– नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा