शास्त्रले भन्छ- यस्ता पाप गरे कहिल्यै क्षमा पाइँदैन « Khabarhub

शास्त्रले भन्छ- यस्ता पाप गरे कहिल्यै क्षमा पाइँदैन


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा नै धर्म र पापका विषयमा वर्णन गरिको पाइन्छ । १८ पुराण रचना गरेका बेदव्यासले समेत सारमा दुई कुराको मात्र निचोड निकालेका छन् । परोपकार गरे पुण्य कमाइन्छ, पाप गरेका पीडा भोग्नुपर्छ ।

१८ पुराणको सार यो हो–

अष्टादश पुराणेसु व्यासस्य वचनद्वयम्
परोपकार पुण्याय पापाय परपीडनम् ।।

यस्तै शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ । जसमा भगवान शिवले कहिल्यै क्षमा गर्न नसक्ने बताइएको छ । यस्ता व्यक्ति सधैँ शिवको क्रोधको शिकार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ ।

सोचेर गरिने पाप

१. अर्कोको पति वा पत्नीलाई नराम्रो नजर लगाउनु वा उसलाई पाउने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ ।
२. अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु वा हडप्नु ।
३ कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्‍याउनु वा धन–सम्पति लुट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ ।
४ राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पाप हो ।

बोलीद्वारा गरिने पाप

५ कुनै पनि गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु पाप मानिन्छ ।
६ कसैको आत्मासम्मानलाई हानि पुर्याउने नियतले झूटो बोल्नु ‘छल’को श्रेणीमा राखिएको छ ।
७ समाजमा कसैको सम्मानमाथि आँच पुर्‍याउने नियतले वा उसको पछिबाट कुरा काट्ने वा अफवाह फैलाउनु पनि क्षमा दिन नसकिने पाप हो ।

कार्यद्वारा गरिने पाप जो क्षमा दिन सकिन्न

८ धर्मले नकारेको चीज खानु वा धर्म विपरित काम गर्नु कुनै पनि हालमा व्यक्तिका लागि स्वीकार्य हुँदैन।
९. बच्चा तथा महिला वा अरु कोही पनि कमजोर जीवलाई हिंसा र असामाजिक कार्यमा संलग्न मानिसलाई पापको भागिदार मानिन्छ ।
१० गलत तरिकाले अर्कोको सम्पति हडप्नु, ब्राम्हण व मन्दिरको चीज चोर्नेलाई पनि पापको श्रेणीमा राखिएको छ ।
११ गुरु, माता–पिता, पत्नी वा पूर्वजहरुको अपमान भुलेर पनि नगर्नुहोस् ।
१२ मदिरा सेवन गर्नु, गुरुको पत्नीसँग सम्बन्ध बनाउँनु, दान दिइएको सामान फिर्ता ल्याउँनु महापाप मानिन्छ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ३० बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग