पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा « Khabarhub

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

'म महामन्त्री हुने सहमति थियोे, आकांक्षी बढेपछि छाडे, सहमहामन्त्री बन्दिन'



काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए । तर पछि सहमति जुट्न नसकेपछि उनी पछि हटे । उनी सहमति जुट्दा आफ्नो महामन्त्री पद सुरक्षित रहेको तर निर्वाचन हुँदा आफू पछि हटेको बताउँछन् । विश्व प्रकाश शर्मालाई गगनले नै वरिष्ठ उपसभापति पद सुरक्षित गरिदिएको हो भन्ने प्रश्नमा अहिले धेरै कुरा नगर्ने उल्लेख गरे । विश्वकर्माले १३ औं र १४ औं महाधिवेशनको सभापति शेरबहादुर देउवालाई मिस गरेको जानकारी दिएका छन् । उनी केही हप्ता अगाडि मात्रै चुनदेवीबाट सानेपाको गगन थापा कांग्रेसमा आएका नेता हुन् । पार्टी एक बनाउन आज पनि आफू खटिरहेको बताउँदै दुवै पक्षतिर संवादमा रहेको उनी स्वीकार गर्छन् । उसो त मिनलाई ‘हुलाकी’को काम गरिरहेका छन् भन्ने व्याख्या पनि हुने गरेको छ । यसबारे प्रश्न गर्दा उनले हाँस्दै भने,’दुवैतिर संवाद भइरहेको छ तर पार्टी एक बनाउनका लागि ।’ ठट्यौली पारामा पछि पुन शेरबहादुर देउवाकै महाधिवेशनमा पो जानुहुन्छ होला नि भन्दा हुने त्यस्तो नहुने बताउँछन् ।

चुनदेवीबाट आधिकारिक कांग्रेसमा आएका धेरैजना नेताहरू निर्वाचनबाट पराजित हुन सक्ने आँकलन मीनले पनि गरेका रहेछन् । चुनादेवी कांग्रेसमा रहेका धेरैजना साथीहरू मिस गरिरहेको बताउँदै महाधिवेशन सम्पन्न भए लगत्तै संवाद भएर पार्टी एक बनाउन पहल हुने मिनको भनाइ छ। उनी शेरबहादुर देउवाले दुईपटकसम्म सभापति भएर काम गरेको र नेतृत्व हस्तान्तरण गर्न १५औं महाधिवेशनमा नसकेकोप्रति पश्चाताप गरिरहेको पनि जानकारी दिए । मीनसँग हामीले कांग्रेसको १५ महाधिवेशन र शेरबहादुर देउवा पक्षका नेताहरूको विषय लगायतमा केन्द्रित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश:

तपाईंले किन उम्मेदवारी दिनुभएन ?
पार्टीमा लामो समय विभाजित रहँदा चुन्नदेवीतिर बसिराखेका एउटै समूह बनाएर मिसायौँ । मिसाइसकेपछि सबै पदहरूमा अधिकतम सहमति गर्ने सकभर पदाधिकारीको निर्वाचन नगर्ने भन्ने सहमति थियो। त्यसो हुँदा केही पदहरूमा आन्तरिक सहमति गरेका थियौँ। तर पछि आकांक्षीहरू बढेका कारण सहमति हुन सकेन । त्यसले गर्दा मैले छोड्दा सहमति हुन सक्छ कि भनेर सबैभन्दा पहिला मैले सभापति गगनकुमार थापा र उपसभापति विश्व प्रकाश शर्मासँग तीन दिनसम्म संवाद गरेर छोडेको हो । ‘नाेमिनेसन’ गरेर पछि ‘विथ ड्र’ गर्ने हो कि भन्ने कुरा पनि थियो तर म नाटक गर्न चाहन्न बरु सुरुमै उम्मेदवारी दिन्न भनेर नदिएको हो ।

तपाईंलाई त सहममन्त्री पद राखिएको हल्ला छ, कति सत्य हाे ?
होइन, सहममन्त्री उठ्छु भनेको भए त त्यसमा मेरो सर्वसहमति नै हुन्थ्यो तर मैले इच्छा जाहेर गरिन् । मैले इच्छा महामन्त्रीमा जाहेर गरेको थिए तर सहमति हुन्छ भने म छोडिदिन्छु भनेर छोडेको तर सहमति हुन सकेन । म महामन्त्री बन्ने भनेर सहमति पनि भएको थियो तर विभिन्न कारणले पछिल्ला दिनहरूमा सहमति हुन सकेन र तोडियो । गगनजीहरूकै कारणले म महामन्त्री हुन नसकेको चाहिँ होइन। हाम्रै कारणले पनि समस्याहरु भए । पहिला पनि १४औं महाधिवेशनमा शेरबहादुर दाईले भनेपछि मैले छोडेकै हो । अहिले पनि गगनजीहरूसँग संवाद भएपछि छोडे। एकता र सहमतिको महाधिवेशन बनाउनकै लागि मैले छोडेँ।

त्यसो भए, पदाधिकारीमा निर्वाचन नगर्ने गरी तपाईंहरूले एउटा खाका तयार गरिसक्नुभएको थियो ?

हो हामीले मिलाइसकेका थियौँ तर आकांक्षी धेरै भएपछि उहाँहरुलाई लोकतान्त्रिक प्रक्रियामा भाग लिन दिने भन्ने कुरा भएको हो । त्यसमा म आफू महामन्त्रीमा थिएँ। तर साथीहरू धेरै भएपछि कुरो मिलेन। वरिष्ठ उपसभापति चाहिँ विश्वजीलाई नै पद सिर्जना गरेर गगनले राख्नुभएको अहिले हामी चुनावकै बीचमा छौँ। पछि कुरा गरौँ न यसलाई चुनाव सकेपछि अहिले त्यतातिर नजाउँ।

तपाईहरु पार्टीमा पछि जोडिनुभएका नेताहरू चाहिँ निर्वाचनमा अलिक डेन्जर जोनमा हुनुहुन्छ भन्छन् नि , यसमा कति सत्यता छ ?
त्यो स्वाभाविक रूपले हुन सक्छ । किनभने हामी पार्टी सदस्यता वितरणमा पनि थिएनौँ। क्रियाशील सदस्यताको विषयमा पनि जोडिएनौँ। लगायतका विभिन्न कामहरुमा हामी नजोडिएको हुनाले त्यस्तो हुन सक्छ। हामी पार्टी विभाजन हुन नदिनका लागि जोडिएको हुनाले हारजित हाम्रो मुख्य लक्ष्य होइन पार्टीलाई एकता र दरो बनाएर राख्नु हाम्रो मुख्य लक्ष्य होइन । यो कुरा सभापति र उपसभापतिले बुझ्नुभएको छ सोही अनुसार सबैलाई भावनाको सन्देशका रूपमा सम्प्रेषण गर्नुहुन्छ। त्यस्तो नहोला भन्ने हाम्रो विश्वास छ। यति चाहिँ भन्न सक्छु कि चुनावदेवीबाट पछि जोडिएका साथीहरुको पद धेरै सुरक्षित छैन । किनभने धेरै प्रक्रियामा हामी थिएनै ।

सभापतिका उम्मेदवार राजेन्द्र खड्की चाहिँ देउवा पक्षले पठाएको उम्मेदवार हुनुहुन्छ भन्ने चर्चा छ नि ?
त्यस्तो होइन हिजो बेलुकासम्म चाहिँ उहाँलाई मनाउने प्रयास भएको पक्कै हो। तर अब चाहिँ निर्वाचन हुने निश्चित भइसक्यो। किशोर सिंह राठोर देवराज चालिसे लगायतको उम्मेदवारी विथड्र गराएको कारण पनि त्यही हो। मिनेन्द्र दाईको पनि सहमतिको गर्ने भनेरै गराएको हो तर धेरै साथीहरू नमान्नु भएको कारण निर्वाचनमा गइएको हो । अहिले पनि पदाधिकारीहरू सहमत गर्न चाहनुहुन्छ भने सहमत गराउने कुरा भइरहेको छ । तर धेरै कुरा नमिलेका कारण अब निर्वाचन चाहिँ हुन्छ।

किन निर्वाचन लम्बियो ?
आज चाहिँ मतपत्र छाप्न नभ्याएर हो । अरु कुनै समस्या थिएन । बिहानदेखि मतपत्र छाप्न सुरु गर्दा पनि सकिएन हिजोसम्म सहमति नै गरौं भन्ने थियो । ८०० भन्दा बढी उम्मेदवार हुनुहुन्छ त्यसकारण प्राविधिक रूपले नै समस्या भयो। हामीले नै ३ बजे सुरु गरेर राति १२१ बजे सक्नुभन्दा पानी पर्दिएला साथीहरू हुन सक्लान् भनेर नै बिहानबाट गरौं भनेको हो । बत्ती जाला लगायतका समस्या हुन सक्छन् भनेर त्यसो गरिएको हो ।

यो महाधिवेशनमा तपाईंहरूले कस्तो लागेको ?
हामीले के भनेका छ भने दुईटा अधिवेशन हुँदा पार्टी विभाजित हुने भयो। विभाजन हुँदाखेरि चुनादेवी बस्ने कांग्रेसले न रुख चुनाव चिन्न पायो न चारतारे झण्डा, रुख र झण्डा नभएको अधिवेशनमा भाग लिनुभन्दा सानेपाले गरेको अधिवेशनमा भाग लिँदा राम्रो हुन्छ भनेर ठूलो समूह एकीकृत भएर गएको हो ।

मिस चाहिँ के गर्नुभएको छ अहिले ?
हामीले एघारौँ १२ औ महाधिवेशन एकताको गर्यौ । एघारौँ महाधिवेशन छुट्टाछुट्टै भएको थियो । १३औं र १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा चुनिएर आउनुभयो । त्यसबेला पनि एकताकै महाधिवेशन थियो । १४औंबाट शेरबहादुर दाईले महाधिवेशन गरेर अर्को व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने अवसर आएन। यसमा एकदमै दुःखद कुरा छ । हामीले पनि सामयिक रूपमा अपिल गरेर ल्याउन सकेनौँ । उहाँहरूलाई पनि यो कुराको पश्चाताप होला। नेपाली कांग्रेसको इतिहासमा नियमित महाधिवेशन गरेर आइसक्नुभएको सभापतिले १५ औं महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न नसकेको अवस्थामा एकदमै धेरै विस्मत हुन सक्छ । उहाँले साझा महाधिवेशन बनाउन सक्नुपर्थ्यो नसकेकोमा हामीलाई कताकता नमिठो र दुःख लागेको छ।

साथीहरू पनि सम्झनुभयो होला ?

हजुर धेरै पर्याप्त सम्झिउ मन मिलेका साथीहरु उता हुनुहुन्छ। तर हुन्छौं पार्टी महाधिवेशन सकिएपछि पनि एकताकाले निम्ति छलफल हुन्छन् ।

अहिले उता पनि कुरा भइरहेको छ यहाँको ?
हुन्छ कोको उठ्नुभयो कस्तो छ अवस्था हामी बाहिरबाट भएपनि सहयोग गर्छौं। के गर्नुपर्छ भन्ने लगायतका कुराहरु भइनै राखेका छन् निरन्तर संवाद त हुन्छ नि । एकदमै आत्मीयता र हार्दिकताका साथ संवाद भइरहेको छ।

यहाँ त दुवैतर्फ हुलाकेको काम पनि गर्दै हुनुहुन्छ रे भन्ने सुनियो ?
हाहा। हुलाकी चाहिँ पटक्कै होइन मेरो अहिले सभापतिसँग संवाद छैन। तर अरु साथीहरूसँग चाहिँ नियमित जस्तो संवाद हुन्छ। यता र उता संवाद भइसकेपछि स्वभाविक रुपमा त्यो कसैले मलाई नाम राखिदियो होला। त्यसमा मलाई धेरै भन्नु छैन । संवादलाई नै हुलाकी हो भनेर भन्दिनु भयो भने मलाई अझै ठिकै छ। हिजो हामी चुनादेवी बस्दा सानेपा कांग्रेसलाई मिस गरेका थियौँ।आज सानेपा छौँ चुनादेवी कांग्रेसलाई मिस गरेका छौँ।

तपाईंहरूको अहिले इच्छा चाहिँ के छ ?
होइन पार्टी एकता होस् दुवै तर्फका साथीहरु एक हौँ भन्ने छ। तर एकदमै धेरै समस्याहरु आए त्यसकारण अब पार्टी महाधिवेशनपछि पनि छलफल संवाद हुन्छन्।म आम कांग्रेस शुभचिन्तक र समर्थक साथीहरूलाई पनि एकताका निम्ति पहलको जोडदार माग गर्दछु।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ९ : ४६ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए