कलाकारहरुको ‘फेसएप’ आतंक, लहडमा प्रचार ! « Khabarhub

कलाकारहरुको ‘फेसएप’ आतंक, लहडमा प्रचार !


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोबाइल एप ‘फेसएप’ लाई विज्ञहरुले सूचना चोर्न सक्ने भन्दै चेतावनी दिइरहेका बेला नेपाली कलाकारहरुले नै यो एपको प्रयोग गर्दै एपको प्रचार गरिरहेका छन् ।

कलाकारहरुले सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममा एपका माध्यमबाट आफूलाई बूढो देखाइएका तस्वीरहरु शेयर गरिरहेका छन् । कतिपय कलाकारका भने पब्लिक तस्वीरलाई नै फ्यानहरुले एपका माध्यमबाट बूढो बनाएर पोस्ट गरिरहेका छन् ।

एन्ड्रोइड र आइफोन दुवै एपमा उपलब्ध यो एपले कुनै पनि तस्वीरलाई बूढो देखाउने गर्छ । सन २०१७ मै उपलब्ध यो एप एक रसियन कम्पनीले निर्माण गरेको हो ।

केही दिनयता सामाजिक सञ्जालमा यो एपको प्रयोग बढ्दो छ । विज्ञहरुले भने यो एपले मोबाइलको ग्यालरीका तस्वीरहरु चोर्न सक्ने चेतावनी दिएका छन् ।

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबूकमा एपका माध्यमबाट बूढो देखिएको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘बिहान बिहान कुन चाहिँले काम पाएनछ, यस्तो बनाएर मलाई नै पठाएछ, बनाउन त बनायो ठीकै छ, तर मेरो हजुरबा भन्दा नि बूढो बनाएछ ।’

एकाबिहानै दीपकराज गिरीले तस्वीर शेयर गरेपछि अरु कलाकारले पनि तस्वीर अपलोड गर्न थाले । सामाजिक सञ्जालमा केदार प्रसाद घिमिरेले पनि तस्वीरहरु शेयर गरेका छन् । ती तस्वीरलाई उनले रमाइलोका रुपमा लिएका छन् ।

मोडल नीति शाहले पनि इन्स्टाग्राममा आफ्नो बुढ्यौली तस्वीर शेयर गरेकी छिन् । उनले मात्र होइन, अन्य नायिकाहरुले पनि एपका माध्यमबाट तस्वीर मोडिफाई गरेर अपलोड गरेका छन् । यसलाई धेरैले रमाइलोका रुपमा लिएका छन् ।

जितु नेपालले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘नेपाली बाजेले जीतु बाजेको फोटो बनाएछ, ८०बर्षको जीतु नेपाल अरे नि त ।’

निति शाहले इन्स्टाग्राममा यी तस्वीर शेयर गरेकी छिन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १२ : २० बजे

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित