रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान « Khabarhub

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरका कृषक बिनबहादुर कुँवरलाई नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको कार्यक्रममा सर्वोत्कृष्ट उद्यमी घोषित गर्दै  सम्मान गरेको हो । 

छब्बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका कुँवर १३७ जना उद्यमीमध्ये सर्वोत्कृष्ट उद्यमीमा छनोट भएका हुन् ।  कुँवरले हाल ६५ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । उनीसँगै नगरपालिकाले अन्य  उत्कृष्ट १० उद्यमी छनोट गरेको छ । 

उद्यमीले आफ्नो व्यावसायिक कार्ययोजना तथा लगानीका विषयमा गरेको प्रस्तुतिको मूल्याङ्कनका आधारमा एक जनालाई सर्वोत्कृष्ट उद्यमी छनोट गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अन्य उत्कृष्ट  नौ जना उद्यमीलाई भने जनही६० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । 

सम्मानित हुने अन्य उद्यमीमा रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरीपालन फार्मकी विष्णुमाया श्रीस, भगवती कृषि तथा पशुपन्छी फार्मका चुराबहादुर जोगी कुँवर, अर्जुन रेसुङ्गा मल्टी एग्रो एन्ड टुरिज्मका भविन्द्र घर्ती मगर रहेका छन् ।

त्यस्तै, गोपाल तरकारी घुम्टी फार्मका गोपाल नेपाली, रेसुङ्गा कृषि तथा पशुपन्छी फार्मका केशव रजाली, थापा व्यावसायिक तरकारी फार्मका लिलबहादुर थापा, लक्ष्मी–लक्ष्मण कृषि फार्मका मुक्तिनाथ पन्थी क्षेत्री, न्यू रेसुङ्गा जडीबुटी प्रशोधन केन्द्रका झविन्द्रलाल भण्डारी एवं कृष्ण कृषि उत्पादन फार्मका कृष्णबहादुर बस्नेत सम्मानित भएका छन् ।

नगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख खिलध्वज पन्थीले बताएका छन् ।

स्थानीय उद्यमशीलता विकास, स्वरोजगार सिर्जना तथा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले दायित्वसँगको सहकार्यमा नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १२ : ३९ बजे

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग