चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता « Khabarhub

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग भेट गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लुकासेन्को रुसका प्रमुख सहयोगी मानिन्छन् ।

चीनको राष्ट्रिय टेलिभिजन प्रसारक सीसीटीभीका अनुसार राष्ट्रपति सीले बेलारूसी नेता लुकासेन्कोलाई भव्य डायोयुताई अतिथि गृहमा स्वागत गरेका हुन् ।

‘चीन–बेलारुस सम्बन्धले अन्तर्राष्ट्रिय चुनौतीहरूको परीक्षा झेलेको’ छ तर यो अब ‘इतिहासको सबैभन्दा राम्रो कालमा प्रवेश’ गर्दैछ,’ चीनको विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति सीले बेलारूसी समकक्षी लुकासेन्कोलाई दुई देशले ‘सबै क्षेत्रका स्रोतहरूलाई परिचालन गरेर ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को निर्माणलाई प्रवर्धन गर्नुपर्ने र व्यावहारिक सहयोगलाई समृद्ध बनाउनुपर्ने’ बताएको विज्ञप्तिमा उल्लेख छ ।

बेलारुसका नेताको यो भ्रमण गत हप्ता उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि भएको हो ।

सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले मस्कोलाई सन् २०२२ मा युक्रेन आक्रमणका लागि बेलारुसबाट बाटो दिन अनुमति दिएको थियो तर युद्धमा प्रत्यक्ष संलग्न हुने योजना अस्वीकार गरेका थिए । 

नाटोको पूर्वी सीमासँग जोडिएको बेलारुसले रुसको पछिल्लो आणविक क्षमतायुक्त मिसाइल ‘ओरेश्निक’ राखेको छ । चीनले द्वन्द्वभरि आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्दै आएको छ, यद्यपि किएभका सहयोगीहरूले बेइजिङले गुप्त रूपमा मस्कोलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।

नेता लुकासेन्कोले चिनिँया राष्ट्रपति सीसँग पछिल्लो पटक सन् २०२५ को अगस्टमा भेट गरेका थिए । त्यसको केही दिनपछि उनी बेइजिङमा भएको ठूलो सैन्य कवाजमा सहभागी भएका थिए ।  

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १२ : ३२ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध