एनिमेशन स्टुडियोमा लगाइएको आगोमा परेर जापानमा १० जनाको मृत्यु « Khabarhub

एनिमेशन स्टुडियोमा लगाइएको आगोमा परेर जापानमा १० जनाको मृत्यु


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको क्योटो शहरस्थित एक एनिमेशन स्टुडियोमा अज्ञात व्यक्तिले आगो लगाउँदा १० जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर अन्य दर्जनौं व्यक्ति घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रहरीका प्रवक्ताले समाचार संस्था एएफपीलाई बताएअनुसार बिहीबार बिहान एक व्यक्तिले प्रज्वलनशील तरल पदार्थ छर्केर आगो लगाएका थिए ।

प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका समाचारमा स्थानीय समयानुसार विहान १०:३० बजे ती व्यक्तिले स्टुडियोमा आगो लगाएका उल्लेख छ ।

अग्नी नियन्त्रकहरुले अझै पनि ३० जनाभन्दा बढी व्यक्ति आगोमा फेसका हुनसक्ने आशंका गरेका छन् । ‘आगलागीमा परेका सबैलाई हामी बाहिर ल्याउन प्रयासरत छौं,’ अग्नी नियन्त्रण विभागका प्रवक्ताले समाचार संस्था एएफपीसँग भनेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १२ : १४ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको