गण्डकी प्रदेश सरकारद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण | Khabarhub Khabarhub

गण्डकी प्रदेश सरकारद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी इकाइहरुका लागि ३५ थान मोटरसाइक खरिद गरेर हस्तान्तरण गरेको छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच प्रदेश प्रहरी कार्यालयले ३५ थान मोटरसाइकल हस्तान्तरण गरे ।

प्रहरीले शुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ मोटरसाइकल खरिद गरिएको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले सवारी साधनको अभावका बाबजुद पनि उत्कृष्ट सेवा प्रदान गरिरहेको नेपाल प्रहरीलाई अब समयानुकूल परिष्कृत गर्दै लैजानुको विकल्प नरहेको पनि बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विकासको मुख्य आधार नै शान्ति सुरक्षा भएकाले प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको बताए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले उपलब्ध स्रोत साधनहरुको भरपुर सदुपयोग गर्दै प्रदेश अन्तर्गतको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन गण्डकी प्रदेश प्रहरी सदैव कटिवद्ध रहने उल्लेख गरे ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : १९ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका