वर्किङ भिसामा युरोप पठाइदिन्छु भन्दै भारत लगेर अलपत्र पार्ने चौधरी पक्राउ | Khabarhub Khabarhub

वर्किङ भिसामा युरोप पठाइदिन्छु भन्दै भारत लगेर अलपत्र पार्ने चौधरी पक्राउ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– आकर्षक तलब पाउने गरी कामदार (वर्किङ) भिसामा युरोप पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका(४ देवौली घर भइ काठमाडौंको धापासी बस्ने ३१ वर्षीय नबिन कुमार चौधरी छन् ।

चौधरीले वर्किङ भिसामा युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ५१ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेका प्रहरीले जनाएको छ ।

उनले युरोप पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई काठमाडौंबाट भारत पु¥याएर अलपत्र पारेका थिए ।

चौधरीबाट ठगिएका व्यक्तिले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

चौधरीलाई आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : २६ बजे

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै