सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन ३ महिना समय थप « Khabarhub

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन ३ महिना समय थप


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनका लागि रोजगारदाता कम्पनीलाई ३ महिना समय थप गरेको छ । कोषले रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचिकृत हुने समय असोज मसान्तसम्मका लागि समय थप गरेको जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा असार मसान्तसम्ममा सूचिकृत हुनुपर्ने व्यवस्था गरिएको थियो । गत मंसिर ११ गते घोषणा गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा असार मसान्तसम्ममा ३८ सय कम्पनी दर्ता भएका छन् । त्यसमा करिब २० हजार श्रमिक सूचिकृत भएको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको आधारभुत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । त्यसमा रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत रकम जम्मा गर्नुपर्छ । यसअघि कर्मचारी सञ्चय कोषमा वा नागरिक लगानी कोषमा आबद्ध निजी क्षेत्रका कम्पनीहरु, श्रमिकहरु पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन जरुरी रहेको कोषले जनाएको छ ।

कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन् ।

अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख नबढ्ने गरी भर्ना भएको अस्पतालमा सिँधै भुक्तानी गरिनेछ । योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्चसमेत उल्लेखित रकमको हकमा नबढ्ने गरी दाबी गर्न सकिने छ ।

महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ४ : ०८ बजे

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा- झापाको बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी

मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता

काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालले भारतमा आयोजना हुने प्रतिष्ठित

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा- चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा

गगनले भने : सीमा क्षेत्रमा ‘१०० रुपैयाँ भन्सार’ नियम अव्यवहारिक, सर्वसाधारण अनेक सास्ती भोग्दैछन्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतसँगको सीमावर्ती क्षेत्रमा लागू