सामाजिक सञ्जालमा सारी र दाह्री किन बन्यो भाइरल ? « Khabarhub

सामाजिक सञ्जालमा सारी र दाह्री किन बन्यो भाइरल ?


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–केहिदिन यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच सारी र दाह्रीको प्रसंग चर्चामा रहेको छ ।

नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ मुख्यरुपमा दुई खालका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रतिस्पर्धा नै चलेको छ । पहिलो सारी र दोस्रो दारी !

धेरै जसो महिला सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले सारी लगाएको तस्वीर सार्वजनिक गरेका छन् भने पुरुष प्रयोग कर्ताहरुले आफ्नो स्वरुपलाई बुढो बनाउँदै फुलेका दाह्री र कपाल भएका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन् । तीमध्ये अधिकांश पुरुषहरू छन् ।

बुढ्यौलीको रुप बनाउन उनीहरुले एउटा एपको प्रयोग गरिरहेका छन् । फेसएप नाम गरेको एप केही दिन देखि नेपालमा मात्र नभएर अन्य देशमा समेत प्रयोग भइरहेको छ । जसको मद्दतमा अनुहार चाउरी परेको देखाउन, दारी र कपाल सेतो बनाउन सकिन्छ ।

उता सारीको प्रयोग गर्ने युवतीहरुले आफ्ना नयाँ र पुराना तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यस्तो ट्रेन्ड नेपालमा मात्र नभएर भारतमा पनि चलेको छ ।

साउन महिना लागेसँगै महिलाहरुले हरियो र पहेलो चुराका साथमा सारी लगाउने भएका कारण साउन लाग्नासाथ सामाजिक सञ्जालमा सारी लगाएको फोटो पोस्ट गर्ने युवतीको संख्यामा बृद्धि भएको हो ।

फेस एपको प्रयोग गर्नेमा कलाकार देखि सर्वसाधारण समेत रहेका छन् ।

कलाकारहरुले सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममा एपका माध्यमबाट आफूलाई बूढो देखाइएका तस्वीरहरु शेयर गरिरहेका छन् । कतिपय कलाकारका भने पब्लिक तस्वीरलाई नै फ्यानहरुले एपका माध्यमबाट बूढो बनाएर पोस्ट गरिरहेका छन् ।

एन्ड्रोइड र आइफोन दुवै एपमा उपलब्ध यो एपले कुनै पनि तस्वीरलाई बूढो देखाउने गर्छ । सन २०१७ मै उपलब्ध यो एप एक रसियन कम्पनीले निर्माण गरेको हो ।

केही दिनयता सामाजिक सञ्जालमा यो एपको प्रयोग बढ्दो छ । विज्ञहरुले भने यो एपले मोबाइलको ग्यालरीका तस्वीरहरु चोर्न सक्ने चेतावनी दिएका छन् ।

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबूकमा एपका माध्यमबाट बूढो देखिएको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘बिहान बिहान कुन चाहिँले काम पाएनछ, यस्तो बनाएर मलाई नै पठाएछ, बनाउन त बनायो ठीकै छ, तर मेरो हजुरबा भन्दा नि बूढो बनाएछ ।’

एकाबिहानै दीपकराज गिरीले तस्वीर शेयर गरेपछि अरु कलाकारले पनि तस्वीर अपलोड गर्न थाले । सामाजिक सञ्जालमा केदार प्रसाद घिमिरेले पनि तस्वीरहरु शेयर गरेका छन् । ती तस्वीरलाई उनले रमाइलोका रुपमा लिएका छन् ।

मोडल नीति शाहले पनि इन्स्टाग्राममा आफ्नो बुढ्यौली तस्वीर शेयर गरेकी छिन् । उनले मात्र होइन, अन्य नायिकाहरुले पनि एपका माध्यमबाट तस्वीर मोडिफाई गरेर अपलोड गरेका छन् । यसलाई धेरैले रमाइलोका रुपमा लिएका छन् ।

जितु नेपालले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘नेपाली बाजेले जीतु बाजेको फोटो बनाएछ, ८०बर्षको जीतु नेपाल अरे नि त ।’

निति शाहले इन्स्टाग्राममा यी तस्वीर शेयर गरेकी छिन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ४ : १९ बजे

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी