भारतमा बाढीको खतरा यथावत–८० लाख भन्दा बढी सर्वसाधारण विस्थापित « Khabarhub

भारतमा बाढीको खतरा यथावत–८० लाख भन्दा बढी सर्वसाधारण विस्थापित


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत–भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ । यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ ।

मनसुनी वर्षा त्यसपछिको बाढीको कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ सय पुगेको छ । सो प्रकोपको कारण ८० लाख भन्दा बढी व्यक्ति बाढी प्रभावित क्षेत्रबाट विस्थापित भएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रभावित व्यक्तिहरुको लागि राज्य सरकारका प्रतिनिधिहरुले खानेकुरा, लत्ताकपडा र औषधीलयायत अन्य आवश्यक सामाग्रीहरु प्रवन्ध मिलाएको बताइएको छ ।

हालै बिहारमा आएको बाढीको प्रमुख कारण अबिरल रुपमा परेको मौसमी वर्षा भएको बताइएको छ । यस वर्षाको कारण नेपालको कैयौ इलाकासमेत जलमग्न भएको थियो ।

बिहारमा यस प्रकोपको कारण ३३ व्यक्तिको मृत्यु हुनुको साथै करिब २७ लाख व्यक्ति प्रभावित भएका बिहार प्रकोप व्यवस्थापन विभागले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएको बताइएको छ ।

बिहारको सितामढी राज्यमा एघार व्यक्तिको मृत्यु भएको यो सङ्ख्या अन्य इलाकामा भन्दा उच्च रहेको बताइएको छ । यद्यपी सञ्चार माध्यामका अनुसार बिहारमा मात्र ७० व्यक्तिको मृत्यु भएको जनाइएको छ । त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् ।

ती देशमा पनि रेडक्रसको अन्तरराष्ट्रिय महासंघले उद्धारकार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : २६ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय