भारतमा बाढीको खतरा यथावत–८० लाख भन्दा बढी सर्वसाधारण विस्थापित « Khabarhub

भारतमा बाढीको खतरा यथावत–८० लाख भन्दा बढी सर्वसाधारण विस्थापित


२ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत–भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ । यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ ।

मनसुनी वर्षा त्यसपछिको बाढीको कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ सय पुगेको छ । सो प्रकोपको कारण ८० लाख भन्दा बढी व्यक्ति बाढी प्रभावित क्षेत्रबाट विस्थापित भएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रभावित व्यक्तिहरुको लागि राज्य सरकारका प्रतिनिधिहरुले खानेकुरा, लत्ताकपडा र औषधीलयायत अन्य आवश्यक सामाग्रीहरु प्रवन्ध मिलाएको बताइएको छ ।

हालै बिहारमा आएको बाढीको प्रमुख कारण अबिरल रुपमा परेको मौसमी वर्षा भएको बताइएको छ । यस वर्षाको कारण नेपालको कैयौ इलाकासमेत जलमग्न भएको थियो ।

बिहारमा यस प्रकोपको कारण ३३ व्यक्तिको मृत्यु हुनुको साथै करिब २७ लाख व्यक्ति प्रभावित भएका बिहार प्रकोप व्यवस्थापन विभागले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएको बताइएको छ ।

बिहारको सितामढी राज्यमा एघार व्यक्तिको मृत्यु भएको यो सङ्ख्या अन्य इलाकामा भन्दा उच्च रहेको बताइएको छ । यद्यपी सञ्चार माध्यामका अनुसार बिहारमा मात्र ७० व्यक्तिको मृत्यु भएको जनाइएको छ । त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् ।

ती देशमा पनि रेडक्रसको अन्तरराष्ट्रिय महासंघले उद्धारकार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ५ : २६ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा