गर्भवती महिलाले भूलेर पनि नखानु आलु, खाएमा देखिने छ गम्भीर समस्या « Khabarhub

गर्भवती महिलाले भूलेर पनि नखानु आलु, खाएमा देखिने छ गम्भीर समस्या


२ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गर्भावस्थाको समयमा महिलाले आफ्नो स्वास्थ्यको अत्यन्तै ख्याल गर्नु पर्छ । त्यसमा पनि गर्भवती भएको समयमा महिलाको शरीरमा सुगर अर्थात चिनीको मात्रा अधिकांशमा बढ्ने गर्दछ ।

यसको मुख्य कारण उनीहरुको गलत खानपान पनि हो । खानपानको कुरा गर्दा गर्भवती महिलाले आलु खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । कतिपय महिलाले आलुबाट बनेका विभिन्न परिकार निकै मन पराउने गर्छन् । तर एक अध्ययनका अनुसार गर्भवती महिलाले आलुको परिकार खाएमा त्यसले शरीरमा डाइभिटिज अर्थात मधुमेहको समस्या शुरु गर्न सक्ने छ ।

इन्सुलिन हर्मोनको मात्रामा कमी आउँदा डाइभिटिजको समस्या देखा पर्दछ । डायबिटिज थुप्रै प्रकारको हुन्छ । सामान्य रुपमा टाइप २ डाइबिटिज हुने गर्छ । गर्भावस्थाको समयमा हुने डाइभिटिजलाई जेस्टेसनल डाइबिटिज भनिन्छ ।

युएस नेसनल इन्टिच्युट अफ हेल्थ तथा हावर्ड युनिभर्सिटीले गरेको अध्ययनका अनुसार गर्भवती महिलाले आलु नखानु नै उचित हुने देखाएको छ । आलुको ठाउँमा हरियो सागसब्जी बढी खानु स्वास्थ्यका लागि फाइदाजनक हुनेछ ।

यसले गर्भवती महिलाका साथै उनको पेट भित्रको बच्चाका लागि पनि फाइदाजनक हुनेछ । यसबाट गर्भमा रहेको बच्चाले पौष्टिक तत्व प्राप्त गर्ने छ । सन् १९९१ देखि २००१ सम्म १५ सय महिलामाथि विशेषज्ञहरुले यो अनुसन्धान गरेका थिए ।

अध्ययन अगाडि यी महिलाहरुमा डाइभिटिजको समस्या देखिएको थिएन । जब उनीहरुलाई आलु खुवाउन थालियो, त्यसपछि भने बिस्तारै शरीरमा चिनीको मात्रा देखिएको थियो । यसले गर्भवती महिलाले आलु खान नहुने देखाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ६ : ०७ बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको