बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध « Khabarhub

बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बिच भाग (डिभाइडर) मा राखेको बुद्धमूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ ।

बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा राखिएका गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति स्थानीय तह, राजनीतिक दल र व्यावसायिक तथा सामाजिक सङ्घ संस्थाले विरोध जनाएका छन् । मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिकाले घोर निन्दा र भत्र्सना गरेको छ । राष्ट्रिय विभूति, शान्तिका अग्रदूत, महामानव गौतमबुद्धका मूर्तिमा लगाइएको ‘कुदृष्टि’ ले नगरवासीलाई दुःखी बनाएको नगरपालिकाले जनाएको छ ।

रुपन्देहीको नयाँ मिलदेखि शङ्करनगरसम्म बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा स्थापना गरिएकामध्ये पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको थियो । तिलोत्तमा नगरपालिकाको आज बसेको कार्यपालिकाको आकस्मिक बैठकले घटनाको निन्दा गर्दै नगरपालिकाको कामबाट अत्तालिएको विकास विरोधी तत्वबाट नियोजित रुपमा घटना गराइएको ठहर गरेको बैठक पछि प्रवक्ता सुरेन्द्र श्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

घटनापछि नगरपालिका क्षेत्रअन्तर्गत पर्ने कोटिहवासम्म बुद्धमूर्ति स्थापना गर्ने नगरपालिकाको योजनामा कुनै परिवर्तन नआउने र आगामी दिनमा बुद्धमूर्तिको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइने बताइएको छ ।

लुम्बिनीको महत्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यअनुरुप नगरपालिकाले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई सघाउन गत वैशाख १ गतेबाट छ लेन सडकमा बुद्धमूर्ति राख्न शुरु गरेको थियो । मूर्ति तोडफोड गर्ने व्यक्ति, समूहलाई कानूनी दायरमा ल्याएर कडा कारवाही गर्न प्रशासनसमक्ष माग गर्दै नगरपालिकाले यो कार्यमा सघाउन सङ्घ, प्रदेश सरकार र सबैमा आह्वानसमेत गरेको छ ।

यस्तै गौतमबुद्धका मूर्ति तोडफोड गरिएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले स्तब्ध भएको जनाएको छ । नगर अध्यक्ष मोहन चापागाईंद्वारा जारी विज्ञप्तिमा बुद्धमूर्ति तोडफोडजस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ । यस्तै बुद्धमूर्ति तोडफोड घटनाको सिद्धार्थनगर नगरपालिकाले पनि विरोध जनाएको छ

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : २९ बजे

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक