बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध | Khabarhub Khabarhub

बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बिच भाग (डिभाइडर) मा राखेको बुद्धमूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ ।

बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा राखिएका गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति स्थानीय तह, राजनीतिक दल र व्यावसायिक तथा सामाजिक सङ्घ संस्थाले विरोध जनाएका छन् । मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिकाले घोर निन्दा र भत्र्सना गरेको छ । राष्ट्रिय विभूति, शान्तिका अग्रदूत, महामानव गौतमबुद्धका मूर्तिमा लगाइएको ‘कुदृष्टि’ ले नगरवासीलाई दुःखी बनाएको नगरपालिकाले जनाएको छ ।

रुपन्देहीको नयाँ मिलदेखि शङ्करनगरसम्म बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा स्थापना गरिएकामध्ये पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको थियो । तिलोत्तमा नगरपालिकाको आज बसेको कार्यपालिकाको आकस्मिक बैठकले घटनाको निन्दा गर्दै नगरपालिकाको कामबाट अत्तालिएको विकास विरोधी तत्वबाट नियोजित रुपमा घटना गराइएको ठहर गरेको बैठक पछि प्रवक्ता सुरेन्द्र श्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

घटनापछि नगरपालिका क्षेत्रअन्तर्गत पर्ने कोटिहवासम्म बुद्धमूर्ति स्थापना गर्ने नगरपालिकाको योजनामा कुनै परिवर्तन नआउने र आगामी दिनमा बुद्धमूर्तिको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइने बताइएको छ ।

लुम्बिनीको महत्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यअनुरुप नगरपालिकाले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई सघाउन गत वैशाख १ गतेबाट छ लेन सडकमा बुद्धमूर्ति राख्न शुरु गरेको थियो । मूर्ति तोडफोड गर्ने व्यक्ति, समूहलाई कानूनी दायरमा ल्याएर कडा कारवाही गर्न प्रशासनसमक्ष माग गर्दै नगरपालिकाले यो कार्यमा सघाउन सङ्घ, प्रदेश सरकार र सबैमा आह्वानसमेत गरेको छ ।

यस्तै गौतमबुद्धका मूर्ति तोडफोड गरिएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले स्तब्ध भएको जनाएको छ । नगर अध्यक्ष मोहन चापागाईंद्वारा जारी विज्ञप्तिमा बुद्धमूर्ति तोडफोडजस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ । यस्तै बुद्धमूर्ति तोडफोड घटनाको सिद्धार्थनगर नगरपालिकाले पनि विरोध जनाएको छ

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : २९ बजे

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीईभीटी

चितवन- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त