आरक्षण सुनिश्चितको माग गर्दै प्रदर्शन « Khabarhub

आरक्षण सुनिश्चितको माग गर्दै प्रदर्शन


२ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-लोक सेवा आयोगले पछिल्लो पटक प्रकाशन गरेको विज्ञापन रद्द गर्नुपर्ने माग गर्दै आज अनामनगरस्थित आयोगको कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

आयोगले गत जेठ १५ गते प्रकाशन गरेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरेकाले रद्द गर्नुपर्ने माग गर्दै दुईघण्टा प्रदर्शन गरिएको हो । प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपाङ्गता भएका व्यक्तिलगायतका समुदायको सहभागी रहेको थियो

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो । सो विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल भएको भन्दै आदिवासी, जनजाति र दलित समुदायका अगुवाले विरोध गर्दै आएका छन् । उनीहरुले सो विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनः प्रकाशित गर्नुपर्नेसमेत माग गरेका छन् ।

सोही अवसरमा दलित अधिकरकर्मी भक्त विश्वकर्मा, सहेक विश्वकर्मा र विन्दु परियारलगायतले अझै पनि सरकारले उत्पीडित समुदायलाई राज्यको मूलधारबाट पछाडि पार्ने नियतले लोकसेवाको विज्ञापन प्रकाशन गरेको भन्दै तत्काल रद्द गरेर आरक्षणसहितको विज्ञापन प्रकाशन गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ९ : ५९ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको