सैनिक कानून, सेनापतिले मात्र जानून, सरकार थर्ड डिभिजनमा पनि पास हुन सकेन | Khabarhub Khabarhub

सैनिक कानून, सेनापतिले मात्र जानून, सरकार थर्ड डिभिजनमा पनि पास हुन सकेन


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘सैनिक कानून, सेनापतिले मात्र जानून’ शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ । चार जना प्रधानसेनापतिले आफ्नो कार्यकालमा गरेका गतिविधिहरु उल्लेख गर्दै प्रधानसेनापति पूर्णचन्द थापाले खाली भएको रथी पद १५ दिनभित्र पूर्ति गर्नुपर्नेमा चार महिनासम्म अवरुद्ध गरेको उल्लेख गरेको छ । त्यस्तै अर्का पूर्वसेनापति राजेन्द्र क्षेत्रीले एसएलसीको आफ्नै प्रमाणपत्र केरमेट गरेपछि छानविन नभएको उल्लेख गरेको छ ।

त्यसैगरी पूर्वसेनापति गौरवशमशेर जबराले फास्ट ट्रयाक नाममा निकटस्थलाई बढुवा, अदालतको अवज्ञा गरेको उल्लेख गरेको छ भने पूर्वसेनापति रुकमांगद कटवालले हुकुम प्रमांगीका आधारमा उमेर घटाउँदा पनि गणतान्त्रिक अदालत मौन रहेको जनाएको छ ।

त्यसैगरी पत्रिकाले घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त  राजनारायण पाठकमाथीको कारबाही गर्न अख्तियार अलमलम शीर्षकमा समाचार छापेको छ । सरकारले उनीमाथि छानविन गर्न चासो दिएको छै, उनलाई ११ वर्षसम्म कैद हुनसक्ने जनाइएको छ ।

त्यस्तै पत्रिकाले सरकारमाथि कांग्रसले लगाएको विभिन्न आरोपहरुको समाचार छाप्दै सरकार थर्ड जिभिजनमा पनि पास हुन नसकेको शीर्षकमा अर्को समाचार छापेको छ । पत्रिकाले एकीकरणको अन्तिम गृहकार्यमा ओली–प्रचण्ड शीर्षकमा अर्को समाचार छापेको छ । प्रदेश १,२ र ३ का जिल्लाको पदा बाँडफाँडको सूची तयार भएको उल्लेख छ ।

त्यसैगरी पत्रिकाले पहिलो पृष्ठमै मेलम्ची सक्न नयाँ टेण्डर मागिँदै शीर्षकमा अर्को समाचार छापेको छ । विशेष अवस्था भन्दै एकभन्दा बढी कम्पनीसँग सम्झौता गर्ने तयारी छ ।

त्यसैगरी पत्रिकाले ‘वाइडबडी, वाइड लाइज’ शीर्षकमा सम्पादकीय लेखेको छ । मुठीमा बालुवा समोतर अड्याइरहनु, भालुको कन्पट समातेर सुरक्षित अनुभूति गरिहनु र सार्वजनिक भइसकेको कुनै काण्डलाई निष्कर्षमा नपु¥याई रोकिरहनु जीवनमा आइपर्ने मुस्किलहरु हुन् ।

यतिबेला एउटा प्रमाणित भइनसकेको तर सार्वजनिक रुपमा आरोप लगाइवरी संसदले छाप लगाएको वाइडवडी काण्ड नेपाल सरकार र यहाँको राजनीतिक वेृत्तका लागि त्यस्तै भालुको कन्पट भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : ०५ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन