सैनिक कानून, सेनापतिले मात्र जानून, सरकार थर्ड डिभिजनमा पनि पास हुन सकेन « Khabarhub

सैनिक कानून, सेनापतिले मात्र जानून, सरकार थर्ड डिभिजनमा पनि पास हुन सकेन


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘सैनिक कानून, सेनापतिले मात्र जानून’ शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ । चार जना प्रधानसेनापतिले आफ्नो कार्यकालमा गरेका गतिविधिहरु उल्लेख गर्दै प्रधानसेनापति पूर्णचन्द थापाले खाली भएको रथी पद १५ दिनभित्र पूर्ति गर्नुपर्नेमा चार महिनासम्म अवरुद्ध गरेको उल्लेख गरेको छ । त्यस्तै अर्का पूर्वसेनापति राजेन्द्र क्षेत्रीले एसएलसीको आफ्नै प्रमाणपत्र केरमेट गरेपछि छानविन नभएको उल्लेख गरेको छ ।

त्यसैगरी पूर्वसेनापति गौरवशमशेर जबराले फास्ट ट्रयाक नाममा निकटस्थलाई बढुवा, अदालतको अवज्ञा गरेको उल्लेख गरेको छ भने पूर्वसेनापति रुकमांगद कटवालले हुकुम प्रमांगीका आधारमा उमेर घटाउँदा पनि गणतान्त्रिक अदालत मौन रहेको जनाएको छ ।

त्यसैगरी पत्रिकाले घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त  राजनारायण पाठकमाथीको कारबाही गर्न अख्तियार अलमलम शीर्षकमा समाचार छापेको छ । सरकारले उनीमाथि छानविन गर्न चासो दिएको छै, उनलाई ११ वर्षसम्म कैद हुनसक्ने जनाइएको छ ।

त्यस्तै पत्रिकाले सरकारमाथि कांग्रसले लगाएको विभिन्न आरोपहरुको समाचार छाप्दै सरकार थर्ड जिभिजनमा पनि पास हुन नसकेको शीर्षकमा अर्को समाचार छापेको छ । पत्रिकाले एकीकरणको अन्तिम गृहकार्यमा ओली–प्रचण्ड शीर्षकमा अर्को समाचार छापेको छ । प्रदेश १,२ र ३ का जिल्लाको पदा बाँडफाँडको सूची तयार भएको उल्लेख छ ।

त्यसैगरी पत्रिकाले पहिलो पृष्ठमै मेलम्ची सक्न नयाँ टेण्डर मागिँदै शीर्षकमा अर्को समाचार छापेको छ । विशेष अवस्था भन्दै एकभन्दा बढी कम्पनीसँग सम्झौता गर्ने तयारी छ ।

त्यसैगरी पत्रिकाले ‘वाइडबडी, वाइड लाइज’ शीर्षकमा सम्पादकीय लेखेको छ । मुठीमा बालुवा समोतर अड्याइरहनु, भालुको कन्पट समातेर सुरक्षित अनुभूति गरिहनु र सार्वजनिक भइसकेको कुनै काण्डलाई निष्कर्षमा नपु¥याई रोकिरहनु जीवनमा आइपर्ने मुस्किलहरु हुन् ।

यतिबेला एउटा प्रमाणित भइनसकेको तर सार्वजनिक रुपमा आरोप लगाइवरी संसदले छाप लगाएको वाइडवडी काण्ड नेपाल सरकार र यहाँको राजनीतिक वेृत्तका लागि त्यस्तै भालुको कन्पट भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : ०५ बजे

निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

सिमकोट– गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको

लेबनानमा पनि इजरायली हमला तीव्र

काठमाडौं– अमेरिकाको साथ लिएर इरानमाथि हमाला गरेलगत्तै इजरायलले लेबनानमाथि पनि

अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरेका हौँ : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको रक्षाका लागि इरानमाथि

आइएमएफद्वारा किएभका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ अर्ब

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं–  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय