नेकपा सचिवालय बैठक आज, पार्टीको एकता प्रक्रिया टुंग्याउने मुख्य एजेन्डा | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक आज, पार्टीको एकता प्रक्रिया टुंग्याउने मुख्य एजेन्डा


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (सोमबार)लाई बोलाइएको छ । बिहान साढे ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको एकता प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएर छलफल गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा पार्टी एकताको खाका तयार पार्न गठन गरिएको कार्यदलले बुझाएको प्रतिबेदनका विषयमा छलफल गरिने कार्ययोजना रहेको पनि श्रेष्ठले बताए । कार्यदलको प्रतिवेदन सचिवालयमा छलफल गरिसकेपछि एकताको काम पार्टी अध्यक्षद्वयलाई जिम्मेवारी दिने वा कार्यदलको समयसीमा थप्ने भन्ने निर्णय आजको बैठकले गर्न सक्ने उनले बताए ।

एकता प्रक्रिया टुंग्याउन गठन गरिएको कार्यदलले निर्धारित समयमा सबै काम गर्न नसक्दा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफललाई तीब्र पारेका छन् । आइतबार पनि अध्यक्षद्वयले कार्यदलका संयोजक रामबहादुर थापा, पार्टी महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए ।

गत जेठ ३ गते पार्टी एकता गरी ३ महिनाभित्र तल्लोतहसम्मको एकता प्रक्रिया टुंग्याउने दाबी गरेको नेकपाले प्रदेशको नेतृत्व चयनदेखि बाँकी काम गर्न सकेको छैन् ।

नेकपाका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षण आयोग, सल्लाहकार परिषदलगायतको एकता प्रक्रिया टुंग्याउन सकेको छैन् ।

त्यस्तै पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काममा पनि नेकपाले निर्णय लिन सकेको छैन् । त्यस्तै जनवर्गीय संगठन, केन्द्रदेखि स्थानीय तहसम्मै बाँकी छ भने प्रवास क्षेत्रको एकीकरण पनि हुन सकेको छैन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ८ : ०० बजे

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको

सफा हिमाल अभियान दुई मानव शव सङ्कलन

काठमाडौं – नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल

विकास प्रयासमा असफलता स्वीकार्दै प्रधानमन्त्री दाहाल, किन देखाउँदैछन्‌ २० चुनौती ?

काठमाडौं – १० वर्षे सशस्त्र संघर्ष त्याग्दै संसदीय मूलधारको बाटो

लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

सुनसरी- सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली प्रहार गरेर नियन्त्रणमा