नेकपा सचिवालय बैठक सकियो : कार्यदलसहित बैठक बस्ने « Khabarhub

नेकपा सचिवालय बैठक सकियो : कार्यदलसहित बैठक बस्ने


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा तल्लोतह सम्मको पार्टी एकता प्रक्रिया टुंग्याउने जिम्मेवारी पाएको कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा भएको छलफलका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले आज(सोमबार) को बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको र अर्को सचिवालय बैठकमा कार्यदलका सबै सदस्यलाई बोलाएर छलफल गर्ने निर्णय गरिएको बताए ।

एकताप्रक्रिया टुंग्याउन कार्यदलले पाएको समयमा काम नसकिएपछि कार्यदलको समय थप्ने भन्ने विषयमा पनि छलफल भएको बरिष्ठ नेता झलनाथ खनालले बताए । कार्यदललाई जिम्मेवारी दिएका १२/१३ वटा विषय टुग्याउन नसकेपछि फेरि कार्यदलसहित सचिवालय बैठकमा छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

फागुन ९ गते बिहान ९ बजेका लागि बोलाइएको अर्को बैठकमा कार्यदलका सबै सदस्यलाई बोलाएर छलफल गर्ने तथा त्यसपछि सांगठनिक एकीकरणका काम टुंग्याउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

गत जेठ ३ गते पार्टी एकता गरी ३ महिनाभित्र तल्लोतहसम्मको एकता प्रक्रिया टुंग्याउने दाबी गरेको नेकपाले प्रदेशको नेतृत्व चयनदेखि बाँकी काम गर्न सकेको छैन् ।

नेकपाका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षण आयोग, सल्लाहकार परिषदलगायतको एकता प्रक्रिया टुंग्याउन सकेको छैन् ।

त्यस्तै पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काममा पनि नेकपाले निर्णय लिन सकेको छैन् । त्यस्तै जनवर्गीय संगठन, केन्द्रदेखि स्थानीय तहसम्मै बाँकी छ भने प्रवास क्षेत्रको एकीकरण पनि हुन सकेको छैन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १२ : २४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको