वर्षा शिवाकोटी भन्छिन्, ‘बिहे गर्न पार्टनर नै पाएकी छैन’ « Khabarhub

वर्षा शिवाकोटी भन्छिन्, ‘बिहे गर्न पार्टनर नै पाएकी छैन’


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षा राउत र वर्षा शिवाकोटी समकालीन हिरोइनहरु हुन् । यी दुईको नाम मिल्दा कतिपय दर्शक झुक्किन्छन् पनि । फिल्ममा पनि झण्डै उस्तै अनुपातमा काम गरिरहेका छन् । चर्चाको हिसाबले पनि खासै तलमाथि छैन दुवैको चर्चा ।

केही दिन पहिले मात्र प्रणय दिवसको अवसर पारेर वर्षा राउतले नायक सञ्जोग कोइरालासँग बिहे गरिन् । वर्षा र सञ्जोगबीच झण्डै सात वर्ष लामो प्रेमसम्बन्ध थियो । उक्त सम्बन्धलाई उनीहरुले बिहेको बन्धनमा परिणत गरे ।

फिल्मकर्मीमाझ यो युगल जोडीको चर्चा अझै सेलाएको छैन । जसका कारण सोही प्रश्नलाई जोडेर अन्य नायिकाको बिहेको कुरालाई पनि जोड्ने गरिएको छ ।

तस्वीर – गणेश बस्याल

आइतवार काठमाडौंको क्युज हलमा फिल्म ‘पुरानो बुलेट’ को कार्यक्रम थियो । उक्त कार्यक्रममा वर्षा शिवाकोटी पनि उपस्थित थिइन् । ट्रेलर रिलिजपछि वर्षालाई सोधियो – ‘वर्षा राउतले त बिहे गर्नुभो, तपाईंले कहिले गर्ने?’

यो प्रश्नले एकछिन त हलमा हाँसो फैलियो । त्यसपछि वर्षाले पनि मुसुक्क मुस्कुराउँदै जवाफ फर्काइन्, ‘मैले बिहे गर्ने पार्टनर नै पाएको छैन, अनि मैले कसरी बिहे गर्नु ?’

उनलाई पत्रकारले फेरि सोधे, ‘भनेपछि तपाईंले कसैलाई मन पराउनुभएको छैन ?’

वर्षाले उत्तिखेरै भनिन्, ‘खै ! मलाई कसैले मन नै पराउँदैन, कसैले अप्रोच नै गर्दैन । खोज्दिनुस् न !’

वर्षा शिवाकोटीले ‘लप्पन छप्पन’, ‘भैरे’, ‘नाइँ नभन्नू ल’, ‘पशुपति प्रसाद’ लगायत फिल्ममा अभिनय गरेकी छिन् । यतिबेला भने उनी फिल्म ‘वीर विक्रम २’ को छायांकनका क्रममा छिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : ५५ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले