बेलायतको लेबर पार्टी फुट्यो « Khabarhub

बेलायतको लेबर पार्टी फुट्यो


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतको प्रमुख विपक्षी लेबर पार्टीका ७ जना सांसद्ले पार्टीबाट राजीनामा दिएका छन् । हाल विपक्षमा रहेको बेलायतको लेबर पार्टीका नेतृत्वले आफ्नो प्रतिनिधित्व गर्न नसक्ने भन्दै लेबर पार्टीका ७ सांसद्ले राजीनामा दिएका हुन् ।

जेरेमी कोर्बेनको नेतृत्वमा रहेको लेबर पार्टी उग्र बामपन्थको बाटोमा लागेको, पार्टीमा यहुदीधर्मविरोधी आवाज चर्किन थालेको, पार्टी नेतृत्वको आलोचना गर्दा दुव्र्यवहार हुन थालेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पार्टीले राष्ट्रिय हितमा काम गर्न नसक्ने भन्दै सांसद्हरुले पार्टीबाट राजीनामा दिएका हुन् ।

लेबर पार्टीका सांसद्हरु चुका उमुन्ना, लुजियाना बर्गर, गेभिन सुकर, एङ्गेला स्मिथ, क्रिस लेज्ली, माइक गेप्स र एन कोफीले पत्रकार सम्मेलन गर्दै आफूहरुले पार्टीबाट राजीनामा दिएको जनाएका हुन् ।

लेब पार्टीबाट राजीनामा दिएका उनीहरुले स्वतन्त्र सांसद्हरुको समूह गठन गरेका छन् । यो समूहले बेलायतमा ‘राजनीतिक रुपमा सुकुम्बासी’ रहेका मानिसहरुलाई समेट्ने जनाइएको छ ।

वर्तमान लेबर पार्टी उग्र बामपन्थी बनेको तथा कन्जरभेटिभ पार्टी उग्र दक्षिणपन्थी बाटोमा लागेकाले लेबर पार्टीमा रहेका मध्यपन्थी सांसद्हरुले पार्टीबाट राजीनामा दिएको जनाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ०६ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने