लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित « Khabarhub

लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले लेखा परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुरुप होस् र जनताले तिरेको करको पूर्णरुपले सदुपयोग गर्न सकियोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको बताए । उनले भने, “वैदेशिक सहायता नीति परिमार्जन गर्दैछाैं, फागुन महीनादेखि पूँजीगत खर्च उल्लेखनीय हिसाबले बढ्नेछ, महालेखा परीक्षकको कार्यालयलाई बलियो बनाउने विधेयकको उद्देश्य हो, सरकारी बक्यौता उठाउने सन्दर्भमा पनि विधेयक महत्वपूर्ण हुनेछ ।’’

अर्थमन्त्री डा खतिवडाले मुलुकभित्रका शासकीय प्रणालीलाई बलियो तुल्याउन र व्यावसायिक निष्ठाका आधारमा मिलेर काम गर्नुपर्छ भन्ने मान्यतालाई पनि विधेयकले सहयोग पुर्‍याउने बताए ।

यसैगरी प्रतिनिधिसभाले आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि उक्त विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कर्णाली प्रदेशलाई रासायनिक मल र विषादीको प्रयोगमुक्त प्रदेश बनाउने अभियान अघि बढेको जानकारी दिए । उनले प्रदेश र सङ्घका तर्फबाट पनि बजेट कर्णाली प्रदेशलाई विषादी र रासायनिक मलको प्रयोगमुक्त प्रदेश बनाउने व्यवस्थापनका लागि कानून निर्माण र छिमेकी मुलुकको सहकार्यमा केही विषादीको प्रयोगमा प्रतिबन्ध लगाइने बताए ।

उनले कृषि बालीको उत्पादन वृद्धिका लागि केही विषादी प्रयोग आवश्यक रहेको भन्ने मान्यता रहेपनि अब विषादी र रासायनिक मलको प्रयोग कम गर्ने मात्र होइन, नियन्त्रण नै गर्ने उद्देश्यले सरकारले सो विधेयक ल्याएको बताए । प्रतिनिसभाको अर्काे बैठक यही फागुन ८ गते दिनको २ बजे बस्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ४९ बजे

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको