काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका बेला पत्नी सविना काफ्ले भने काठमाडौँमै सांस्कृतिक कार्यक्रममा सहभागी भएकी छन् ।
सविना ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबली पुगेकी थिइन् । उनले ऐतिहासिक कार्तिक नाचको दसौँ दिन प्रस्तुत गरिएको नरसिंह अवतार अर्थात् हिरण्यकश्यपु वधसम्बन्धी नाच अवलोकन गरेकी हुन् ।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, बन्धन राणा तथा पूर्वकुमारी पनि सहभागी भएका थिए ।
पाटनमा प्रत्येक वर्ष प्रदर्शन गरिने कार्तिक नाच नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो । यसमा विभिन्न धार्मिक तथा पौराणिक कथामा आधारित नृत्य र नाट्य प्रस्तुति देखाइन्छ ।

















प्रतिक्रिया