बोरुसिया डर्टमण्डले अग्स्बर्गलाई ५-१ ले हरायो « Khabarhub

बोरुसिया डर्टमण्डले अग्स्बर्गलाई ५-१ ले हरायो


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बोरुसिया डर्टमण्डले जर्मन बुन्डेस लिगा फुटबलमा सुख‍त सुरुवात गरेको छ । शनिबार भएको खेलमा बोरुसिया डर्टमण्डले अग्स्बर्गलाई ५-१ गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेपनि डर्टमण्डले पुनरागमन गर्दै शानदार जित निकाल्यो । अग्स्बर्गका फ्लोरियनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, पुनरागमन गरेको डर्टमण्डको जितमा पाको अल्कासरले दुई गोल गरे । यस्तै जाडोन सान्चो, मार्को रिउस र जुलियन ब्राण्डटले एक एक गोल गरे ।

जितसँगै डर्टमण्डले १ खेलबाट ३ अंक जोडेको छ । अग्स्बर्गले भने हारबाट सिजनको सुरुवात गरेको छ । बुन्डेस लिगा अन्तर्गत नै फेरिबर्गले मैन्जलाई ३-० गोल अन्तरले हराएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ५९ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको