लिभरपुललाई जिताउन माने र रोबर्टोको १-१ गोल « Khabarhub

लिभरपुललाई जिताउन माने र रोबर्टोको १-१ गोल


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई हराएको छ । शनिबारको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए । घरेलु टिमविरुद्ध लिभरपुलले खेलको ४५ औं मिनेटमा मानेको गोलबाट अग्रता बनाएको थियो । ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले एक गोल फर्काएपनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् । लिभरपुलका गोलकिपर एड्रियनको गल्तीमा उनले गोल गरेका थिए ।

जितसंगै लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । र, लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । दुई खेल सकिदा साउथह्याम्पटनले अंक जोड्न सकेको छैन ।

प्रिमियर लिग अन्तर्गत नै शनिबार भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दा नर्विचले न्युकासललाई ३-१ ले हराएको छ । त्यस्तै बर्नेमाउथले एस्टन भिल्लालाई २-१ ले हराउँदा ब्राइटन र वेष्ट ह्यामले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : २८ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको