बंगलादेशमा भीषण आगालागी, ५० हजार बढी बने घरबार विहीन « Khabarhub

बंगलादेशमा भीषण आगालागी, ५० हजार बढी बने घरबार विहीन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बंगलादेशमा भीषण आगलागी भएको छ । बंगलादेशको राजधानी ढाकास्थित एक बस्तीमा आगलागी भएको हो । आगलागीबाट ५० हजार बढी घरबार विहीन बनेका छन् ।

आगलागीबाट १५ हजार भन्दा बढी घर जलेर खरानी भएका छन् । प्लास्टिकका छत भएका अधिकांश घरहरु भएका कारण आगो नियन्त्रणमा लिन मुस्किल भएको अधिकारीहरुले बताएका छन् ।

आगलागीबाट केही मानिस घाइते भएको जनाइए पनि अहिलेसम्म कसैको ज्यान नगएको जनाइएको छ । आगलागी भएको इलाकामा अधिकांश मजदूरहरुको बस्ती रहेको थियो । आगलागी के कारणले भएको हो, यसबारे केही खुलाइएको छैन ।

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । आगो नियन्त्रणमा लिनका लागि दमकल, प्रहरी र स्थानीयलाई ६ घण्टा भन्दा बढीको समय लागेको थियो ।

आगलागी प्रभावितहरुलाई सरकारले तत्कार राहत र उद्धारको व्यवस्था गर्ने जनाएको छ । आगलागीबाट घरबार विहीन बनेकाहरु रात कसरी बिताउने भन्ने चिन्तामा रहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ४० बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको