आफूलाई पुरस्कार नदिन महावीर पुनको आग्रह « Khabarhub

आफूलाई पुरस्कार नदिन महावीर पुनको आग्रह


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विज्ञान तथा प्रविधि अभियन्ता महावीर पुन यति बेला चर्चामा छन् । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले केही गर्न सक्छ भनेर लागेका उनी देशका लागि एक अनुकरणीय व्यक्ति पनि हुन् ।

पछिल्लो समय विभिन्न औपचारिक कार्यक्रममा धाउँदा र पुरस्कार ग्रहण कार्यक्रममा आफ्नो समय खर्चिन थालेको भन्दै उनले अब पुरस्कार नदिन आग्रह गरेका छन् ।

चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उनले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गरे ।

‘मैले यस्ता थुप्रै पुरस्कार पाइसकेँ, अब मलाई पुरस्कार र सम्मानको भारी नदिनुहोला, पुरस्कारले थिच्यो भने कुद्न सकिन्न’, उनले भने, ‘अब मलाई पुरस्कारको लागि नोमिनेशन गर्ने, र आमन्त्रण गर्ने नगर्नुहोला ।’

उनले आफ्नो योजना अनुसार काम गर्न र अघि बढ्न पर्याप्त समय चाहिने भएकाले पनि पुरस्कार तथा औपचारिक कार्यक्रममा कम सहभागी हुने बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ४५ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद