आफूलाई पुरस्कार नदिन महावीर पुनको आग्रह | Khabarhub Khabarhub

आफूलाई पुरस्कार नदिन महावीर पुनको आग्रह


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विज्ञान तथा प्रविधि अभियन्ता महावीर पुन यति बेला चर्चामा छन् । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले केही गर्न सक्छ भनेर लागेका उनी देशका लागि एक अनुकरणीय व्यक्ति पनि हुन् ।

पछिल्लो समय विभिन्न औपचारिक कार्यक्रममा धाउँदा र पुरस्कार ग्रहण कार्यक्रममा आफ्नो समय खर्चिन थालेको भन्दै उनले अब पुरस्कार नदिन आग्रह गरेका छन् ।

चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उनले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गरे ।

‘मैले यस्ता थुप्रै पुरस्कार पाइसकेँ, अब मलाई पुरस्कार र सम्मानको भारी नदिनुहोला, पुरस्कारले थिच्यो भने कुद्न सकिन्न’, उनले भने, ‘अब मलाई पुरस्कारको लागि नोमिनेशन गर्ने, र आमन्त्रण गर्ने नगर्नुहोला ।’

उनले आफ्नो योजना अनुसार काम गर्न र अघि बढ्न पर्याप्त समय चाहिने भएकाले पनि पुरस्कार तथा औपचारिक कार्यक्रममा कम सहभागी हुने बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ४५ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।