अरुण खोला पुल एकहप्तामा सञ्चालन हुने « Khabarhub

अरुण खोला पुल एकहप्तामा सञ्चालन हुने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्व–पश्चिम राजमार्गमा पर्ने अरुणखोलाको पुल एक साताभित्र सञ्चालनमा आउनेभएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित सो पुल बुधबार ट्रकको ठक्करबाट क्षतिग्रस्त भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शनिबार स्थलगत निरीक्षण गरी पुल चाँडो सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मन्त्री महासेठले अहिले क्षतिग्रस्त सो पुलको मर्मतसम्भार कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । पुल भासिएको चार घण्टाभित्र दुई लेनको डाईभर्सन तयार गरी पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो ।

निरीक्षणका क्रममा उनले मुलुककै सबभन्दा व्यस्त राजमार्गमा पर्ने सो पुलको तत्काल मर्मतसम्भार गरी बढीमा शुक्रबारसम्म सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता प्रदान गर्न मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकलाई निर्देशन दिइएको मन्त्री महासेठले जानकारी दिए ।

गत बुधबार बिहान करिब ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ६ ख ४७१ नम्बर ट्रकले सो पुलको एकतर्फी भागमा ठक्कर दिँदा पुल भासिएको थियो । सो पुल २०३० सालमा निर्माण गरिएको थियो ।

भासिएको सो पुलबाट अहिले पैदल यात्रीका साथै साइकल तथा मोटरसाइकल यात्री आवतजावत गरिरहेका छन् भने अन्य सवारीसाधनको आवतजावतमा भने रोक लगाइएको छ । ठूला सवारीसाधन पुलसँगै निर्माण गरिएको दुई लेनको डाइभर्सनबाट सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ३२ बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको