अरुण खोला पुल एकहप्तामा सञ्चालन हुने « Khabarhub

अरुण खोला पुल एकहप्तामा सञ्चालन हुने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्व–पश्चिम राजमार्गमा पर्ने अरुणखोलाको पुल एक साताभित्र सञ्चालनमा आउनेभएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित सो पुल बुधबार ट्रकको ठक्करबाट क्षतिग्रस्त भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शनिबार स्थलगत निरीक्षण गरी पुल चाँडो सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मन्त्री महासेठले अहिले क्षतिग्रस्त सो पुलको मर्मतसम्भार कार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । पुल भासिएको चार घण्टाभित्र दुई लेनको डाईभर्सन तयार गरी पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो ।

निरीक्षणका क्रममा उनले मुलुककै सबभन्दा व्यस्त राजमार्गमा पर्ने सो पुलको तत्काल मर्मतसम्भार गरी बढीमा शुक्रबारसम्म सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता प्रदान गर्न मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकलाई निर्देशन दिइएको मन्त्री महासेठले जानकारी दिए ।

गत बुधबार बिहान करिब ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ६ ख ४७१ नम्बर ट्रकले सो पुलको एकतर्फी भागमा ठक्कर दिँदा पुल भासिएको थियो । सो पुल २०३० सालमा निर्माण गरिएको थियो ।

भासिएको सो पुलबाट अहिले पैदल यात्रीका साथै साइकल तथा मोटरसाइकल यात्री आवतजावत गरिरहेका छन् भने अन्य सवारीसाधनको आवतजावतमा भने रोक लगाइएको छ । ठूला सवारीसाधन पुलसँगै निर्माण गरिएको दुई लेनको डाइभर्सनबाट सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ३२ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा