दुई वर्षभित्र साक्षर नेपाल बनाइने « Khabarhub

दुई वर्षभित्र साक्षर नेपाल बनाइने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी २ वर्षभित्र मुलुकलाई साक्षर बनाउने लक्ष्य राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग कार्य सम्पादन सम्झौता गर्दै नेपाललाई २ वर्षमा साक्षर देश बनाउने लक्ष्य तय भएको हो ।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री पोखरेलबीच १५ बुँदे सम्झौता भएको छ । जसमा २ वर्षमा साक्षर नेपाल घोषणा, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन लगायतका छन् । विश्वविद्यालय सञ्चालन २ वर्षभित्र स्थापना गरिसक्ने सम्झौतामा उल्लेख छ । यस्तै २ वर्षभित्र नै विद्यालय जाने उमेरका सबै बालबालिकाको भर्ना गर्ने पनि सम्झौतामा उल्लेख छ ।

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाको कार्यक्रमलाई पनि निरन्तर राखिएको छ । २०७६ देखि २०८६ लाई सार्वजनिक विद्यालय सवलीकरण वर्षका रूपमा मनाउने पनि प्रधानमन्त्री र मन्त्री पोखरेलबीच भएको सम्झौतामा उल्लेख छ । ‘चिनौँ आफ्नो माटो, बनाऔँ आफ्नै देश’ अभियानअन्तर्गत स्नातक युवालाई दिइने फेलोसिप कार्यक्रमलाई निरन्तर रूपमा राखिने पनि सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ४० बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही