कश्मीरका लागि भारतविरुद्ध अन्तिम गोली रहुन्जेलसम्म लड्छौंः पाकिस्तान « Khabarhub

कश्मीरका लागि भारतविरुद्ध अन्तिम गोली रहुन्जेलसम्म लड्छौंः पाकिस्तान


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले प्रशासित कश्मीरलाई विशेष दर्जा दिएर संवैधानिक मान्यता खारेज गरेको विषयमा छिमेकी मुलुक पाकिस्तानले भारतविरुद्ध कडा चेतावनी दिँदै आएको छ ।

शनिबार पाकिस्तानले भारतविरुद्ध कडा चेतावनी दिँदै कश्मीरका लागि अन्तिम सेना र अन्तिम गोली रहुन्जेलसम्म लड्ने चेतावनी दिएको हो ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भने, ‘पाकिस्तानी प्रोफेसनल सेना भारत विरुद्ध लड्नको लागि तयारी अवस्थामा छन्, अन्य संघ–संस्थाहरु पनि कश्मीरका लागि लड्न तम्तयार छन् ।’

कश्मीरका लागि बनाइएको विशेष समितिको बैठकमा विदेशमन्त्री कुरैशीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

इन्टर सर्भिस पब्लिक रिलेशनका डाइरेक्टर जनरल मेजर आसिफ गफूरले भारतविरुद्ध अन्तिम सेना र अन्तिम गोली रहुन्जेल लड्ने बताएका छन् ।

जनरल गफूले भने, ‘भारत आजाद कश्मीरका विषयमा भुलेर आफ्नो कब्जा गरिएको कश्मीरको विषयमा कुरा गर्नु उचित हुन्छ । पाकिस्तान भारतीय दुस्साहसको जवाफ दिन तम्तयार छ ।’

कुरैशी ने कश्मीरमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अनौपचारिक बैठक ऐतिहासिक रहेको बताएका छन् । पाकिस्तानी विदेशमन्त्रीले भने सुरक्षा परिषद्का कुनै पनि स्थायी सदस्यले यस बैठकका विरोध गरेको छैनन् । यो पाकिस्तानका लागि उपलब्धिको विषय हो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ०० बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको